site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा परम्परागत मध्यरात मतदानमा राष्ट्रपति पदका डेमोक्रेटिक उमेदवार हिलारी क्लिन्टन सुरुआती अग्रता पाउन असफल भएकी छन् ।
एक सय वा त्योभन्दा साना जनसंख्या भएका न्यु ह्याम्पसिर राज्यका साना बस्तीमा भएको मध्यरात मतदानमा डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनमाथि २५-३२ मतको अग्रता पाएका छन् । 
अमेरिकी समाचार संस्था युएस टुडेका अनुसार न्यु ह्यम्पसिरको सानो गाउँ डिग्जिभिल नोचमा मतदान भएकोमा ७ भोट खसेको जसमा चार क्लिन्टनको पक्षमा खसेको थियो भने दुइ ट्रम्पलाई गएको थियो । एक भोट ग्यारी जोन्सनले पाएको बताइएको छ ।
यो भन्दा अलि ठूलो गाउँ हार्ट्स लोकेसन क्षेत्रमा  क्लिन्टनले १७ र ट्रम्पले १४ मत पाएका थिए । तर अर्को गाउँ मिल्सीफिल्डमा ट्रम्पले १६ मत र क्लिन्टनले ४ मत पाएकी थिइन् ।
डिग्जिभिल नोचमा सन् १९६० बाट मध्यरातमा मतदान हुँदै आएको छ भने हार्ट्स लोकेसन क्षेत्रमा १९४८ देखि मध्यरातमा मतदान हुँदै आएको छ ।
अमेरिकाको  न्यु ह्याम्पसिर कानुन अनुसार १०० भन्दा कम भोट भएका गाउँमा मध्यरातमा मतदान सुरु हुने र  दर्ता भएका सबैले मत खसाले सकिए लगत्तै बुथ बन्द हुन्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro