site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले शिक्षकको अपमान गरे, एकदिन पनि अब सरकारमा बस्न मिल्दैन : प्रचण्ड 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकको अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओली एक दिन पनि सरकारमा बस्न नहुने बताएका छन् । उनले देशको अवस्था निकै चुनौतीपूर्ण रहेको बताउँदै केपी शर्मा ओली नेतृत्वको सरकारको जन्म नै असंवैधानिक तरिकाले भएको बताए ।

“देशको स्थिति चुनौतीपूर्ण छ । एमाले र केपी ओली नेतृत्वको सरकारको जन्म नै अलोकतान्त्रिक र असंवैधानिक छ भनेका छौँ । यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा नै हो,” उनले भने ।

उनले राम्रो काम गर्नेको तेजोबध गर्ने र आफ्नो लागि लागिपर्नेलाई जसरी पनि जोगाउने नै यो सरकारको काम भएको बताए ।

उनले यो सरकारका गलत काम हजारौँ भएकाले राख्न नमिल्ने बताए ।

“आजकै दिनमा सरकार साच्चै भन्ने हो भने एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको छ,” उनले काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै भने, “दुई सातादेखि शिक्षक सडकमा छन् । शिक्षकलाई अपमानित गर्ने र गाली गर्नेबाहेक केही भएन । यो भन्दा ठूलो अपमान के हुन्छ ? वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्न थाले । त्यसैले अब एक दिन पनि सरकारको नेतृत्वमा बस्न मिल्दैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro