site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नर सिफारिस समितिका सदस्य भट्टराईले दिए राजीनामा

काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष रहने गरी गभर्नर सिफारिस समिति बनाएको थियो । तर, समिति गठन भएदेखि एकपटक पनि बैठक नबोलाएको भन्दै भट्टराईले राजीनामा दिएका हुन् । आफूले मंगलबार सदस्यबाट राजीनामा दिएको बाह्रखरीलाई जानकारी दिए ।

राजीनामा दिनुका कारण अहिले नभन्ने उनले प्रतिक्रिया दिए । उनी पहिलेदेखि नै सरकारको नेतृत्व गरिरहेका दलका नेताहरूको क्रियाकलापदेखि असन्तुष्ट थिए । समितिलाई काम गर्न नदिएर आफैँ भागबन्डा गरेकोमा उनी असन्तुष्ट थिए ।

समितिमा अर्थमन्त्री अध्यक्ष छन् भने सदस्यमा भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल छन् । भट्टराई पूर्वगभर्नर हुन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro