site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजा युद्ध अन्त्य गर्न कतार र इजिप्टले ल्याए नयाँ प्रस्ताव 

काठमाडौं । इजरायल र हमासबीचको गाजा युद्ध अन्त्य गर्न कतार र इजिप्टका मध्यस्थकर्ताहरूले नयाँ प्रस्ताव राखेका छन् ।

युद्धविराम वार्ताको बारेमा जानकार एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार सो प्रस्तावमा युद्धविराम पाँचदेखि सात वर्षसम्म कायम रहने बताइएको छ । 

इजरायली जेलमा रहेका सबै प्यालेस्टिनी कैदी र हमासको कब्जामा रहेका इजरायली बन्दी मुक्त गर्ने, युद्धको औपचारिक अन्त्य र गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ता गर्नेजस्ता प्रावधानहरू रहेका उल्लेख छ ।

तर, इजरायलले मध्यस्थकार्ताले पेस गरेको प्रस्तावबारे कुनै प्रतिक्रिया दिएको छैन । यसबारे छलफल गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल इजिप्टको राजधानी कायरो पुग्ने तयारीमा छ । 

हमासको तर्फबाट यो प्रस्तावमा छलफल गर्न उसको राजनीतिक परिषद्का प्रमुख मोहम्मद दार्विश र मुख्य वार्ताकार र खलिल अल हयया सहभागी हुने बताइएको छ ।

यो नयाँ प्रस्ताव हमासले इजरायलको नयाँ प्रस्तावलाई अस्वीकार गरेको केही दिनपछि आएको हो । उक्त प्रस्तावमा ६ हप्ताको युद्धविरामको बदलामा हमासले आफ्नो हतियार छोड्नुपर्ने माग राखेको थियो । 

यसैबीच, शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमास सम्पूणरूपमा नसकिएसम्म र सबै बन्दीहरू फिर्ता नआएसम्म युद्ध अन्त्य नगर्ने घोषणा गरेका थिए । 

इजरायलले गाजामा पुनः बमबारी थालपछि अघिल्लो युद्धविराम एक महिनाअगाडि भंग भएको थियो । तर, दुवै पक्षले यसको दोष एक अर्कोलाई लगाएका छन् । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro