
काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं. २’को गीत सार्वजनिक भएको छ । ‘आँखा’ बोलको गीतमा रिकेश गुरुङको स्वर छ ।
राम अविरल विष्टको शब्द रहेको गीतमा एसडी योगीको संगीत रहेको छ । गीतले प्रेम जोडीको कथा भन्छ ।
लिरिकल भिडियोमा सिनेमामा मुख्य कलाकारमध्ये खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी छन् ।
दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ ।
चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । चलचित्रमा खगेन्द्र र उपासनासँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।