site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको आरोप– अपराधीले घेराबन्दी गरे, वैदेशिक शक्तिले हामीलाई समर्थन गरेनन् 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गर्नेलाई अपराधीले अहिले घेराबन्दी गरिरहेको आरोप लगाएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन् । विरोधीहरुले संगठित गर्छन् । हाम्रै साथीहरुलाई पनि कतै त्यसै विरोध भएको त होइन होला नि भन्ने परेको छ । त्यो भ्रममा हाम्रै केही साथीहरु सामेल भएको पाइएको छ । विभिन्न प्रकारका वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरेका छैनन् । त्यसैबेला हाम्रो नेतृत्वले गलत त गरेन भन्ने परेको छ । आलोचनाको तारो भइरहेको छ । आलोचनाको तारो नहुने नेता खोज्नुपर्छ कि !भन्ने परेको छ,” ओलीको भनाइ थियो ।

उनले आफूले सम्झौता गर्ने हो भने एक महिनामै हाइ हाइ हुने बताएका छन् ।

“जेठ महिनाभित्रै हाइ हाइ हुन सकिन्छ । मैले गति छाडेँ भन्ने हो भने हाइ हाइ भइन्छ,” उनको भनाइ थियो, “यस्तो हुनुपर्छ नि भन्छन् तर हाम्रो पथ त्यस्तो होइन । हामी महान परिवर्तनको उद्देश्यबाट आएका हौँ । समाजवाद भनेरमात्रै पुगेन अब समृद्ध नेपाल सुखी नेपाली भनेरै बुझाउनपर्छ । नेकपा एमालेबाहेकका पार्टीले समृद्ध नेपाल सुखी नेपाली भन्न किन सक्दैनन् ?”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro