
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफुबिनाको एमाले र एमालेबिनाको नेपालको खोजी भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
उनले अहिले आफूहरु मिसन ८४ मा केन्द्रित रहेको बताउँदै फेरि पनि मेची–महाकाली यात्रामा निस्किएर शक्ति देखाउने बताए ।
“हामी मिसन ८४ मा केन्द्रित छौँ । कुनै प्रकारको द्विविधा मनमा नलिनुस् । आत्मविश्वास राणा शासनसँग जुधेर बाँचेर आएको पार्टी हो,” उनले भने, “पञ्चायत र निरंकुश राजतन्त्रसँग जुधेर आएको पार्टी हो । सबै शक्ति एकजुट भएर सिध्याउँछु भनेर आउँदा जोगिएर आएको पार्टी हो । यो कुरा जनताले बुझेको छ । अब पनि मेची महाकाली यात्रा गर्नेछौँ ।”
उनले अहिले एमालेबिनाको नेपाल खोजी भइरहेको भन्दै आपत्ति जनाए ।
“किन खोजिँदैछ केपी ओली बिनाको एमाले ? मनसाय राम्रो भएको भए छाडिदिन्थेँ,” उनले भने, “केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल चाहियो रे ? मिसन ८४ मा हेरौला ?”