site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनावमा धाँधलीको आरोप : भारतमा हंगामा

काठमाडौं । अमेरिकाको बोस्टनमा एक कार्यक्रमबीच भारतको तल्लो सदन लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले देशको निर्वाचन प्रक्रियामा अनियमितता भएको आरोप लगाएका छन् । राहुलले धाँधलीको आरोप लगाएपछि भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का नेता उनीविरुद्ध आक्रमक भएका छन् ।

भारतको समाचार संस्था पीटीआईले अमेरिकामा राहुलले महाराष्ट्र राज्यको विधानसभा निर्वाचन धाँधलीको एक उदाहरण भएको बताए । उनले निर्वाचन आयोगले सरकारसँग सम्झौता गरिसकेको र प्रणालीमा केही गडबडी भएको आरोप लगाए ।

“सरल शब्दमा भन्नुपर्दा, महाराष्ट्र विधानसभा निर्वाचनमा राज्यका भोट हाल्न योग्य जनसंख्याभन्दा बढी मानिसले मतदान गरेको पाइयो,” राहुलले भने ।

राहुलको यस्तो अभिव्यक्तिपछि भाजपा नेता उनीमाथि खनिएका छन् । केन्द्रीय मन्त्री गिरिराज सिंहले राहुलको राजीनामा माग गरेका छन् । राहुलको पार्टी भारतीय राष्ट्रिय कंग्रेस र अरू विपक्षी दलका नेता भने उनको बचाउमा उभिएका छन् ।

बोस्टनमा राहुल गान्धीले के भने ?
“निर्वाचन आयोगले हामीलाई साँझ ५ः३० बजेसम्मको मतदान डाटा दियो । तर, त्यसपछि ५ः३० देखि ७ः३० बजेसम्म ६५ लाख मतदाताले मतदान गरे भन्यो, त्यो असम्भव छ,” राहुलले भनेका थिए ।

उनका अनुसार, एक मतदातालाई मतदान गर्न लगभग तीन मिनेटको समय लाग्छ । यसरी हिसाब गर्दा मतदाताको लाइन राति २ बजेसम्म भएको हुनुपर्छ, तर त्यस्तो भएन ।

“जब हामीले भिडियोग्राफीका निम्ति अनुरोध गर्‍यौँ, त्यसपछि निर्वाचन आयोगले अस्वीकार मात्र गरेनन्, भिडियोग्राफी माग्न नसकून् भनेर कानुन नै परिवर्तन गरे । यो स्पष्ट छ, निर्वाचन आयोगले सम्झौता गरिसकेको छ र प्रणालीमा गडबडी छ । मैले यो धेरैपटक भनेको छु ।”

भाजपा नेता के भन्छन् ?
बोस्टनमा राहुलले बोलेको विषय सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि केन्द्रीय मन्त्री गिरिराज सिंह, उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी, भाजपा सांसद अनुराग ठाकुरलगायत नेताले उनलाई निसाना बनाएका छन् ।

भाजपा सांसद अनुरागले भने, “चुनाव हारेपछि पनि केही दलहरू ईभीएम, निर्वाचन आयोग र लोकतन्त्रप्रति प्रश्न गर्छन् । विश्वभरि भारतको बदनामी गर्छन् ।”

कंग्रेसको प्रतिक्रिया
कंग्रेस प्रवक्ता पवन खेडाले भने, “भाजपा किन आक्रमण गर्छ ? निर्वाचन आयोगले नै जवाफ दिओस् । हामीले मतदाता सूची माग्यौँ, यो हाम्रो अधिकार हो ।”

कंग्रेस प्रवक्ता सुप्रिया श्रीनतेले भनिन्, “राहुलले उठाएको मुद्दा सही छ । महाराष्ट्रमा ३९ लाख अतिरिक्त मत खस्नु, ५ः३० पछि ६५ लाख मत खस्ने अनि यसको जवाफ कसले दिने ?”

शिवसेना (उद्धव ठाकरे)का नेता आदित्य ठाकुरले राहुलको आरोप १०० प्रतिशत सही भएको बताए ।

महाराष्ट्र निर्वाचनमा विवाद किन ?
सन् २०२४ को महाराष्ट्र विधानसभा निर्वाचनमा भाजपाले १३२ सिट जितेको थियो । कंग्रेसले १६ सिट मात्र जितेको थियो ।

निर्वाचन आयोगका अनुसार, विधानसभा चुनावमा ६ करोड ५० लाख मत खसेको थियो । केही महिनाअघिको लोकसभा निर्वाचनमा पाँच करोड ७२ लाख मत खसेको थियो । कंग्रेसले यसलाई अनियमितताको प्रमाण भनेको छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro