site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाले पूर्वी एसियाली देशका सोलर प्यानलविरुद्ध ३५२१ प्रतिशत आयात कर लगाउने

काठमाडौं । अमेरिकी वाणिज्य विभागले दक्षिण पूर्वी एसियाका चार देशबाट आयात गरिने सोलर प्यानलमा पैँतीस सय २१ प्रतिशतसम्मको आयात कर लगाउने योजना घोषणा गरेको छ ।

ट्रम्पले पूर्वी एसियाका कम्बोडिया, थाइल्यान्ड, मलेसिया र भियतनामका कम्पनीलाई लक्षित गर्दै यस्तो प्रस्तावित कर  लगाएका हुन् । 

समाचारमा बताइएअनुसार अमेरिकाले यी देशलाई चीनकोे सहुलियत प्राप्त गरेको र अमेरिकी बजारमा अनुचित रूपमा सस्तो उत्पादन डम्पिङ गर्न खोजेको आरोप लगाएका छन् । 

अमेरिकामा यो घोषणा एक वर्षअघि सुरु भएको अनुसन्धानपछि आएको बीबीसीले जनाएको छ । धेरै प्रमुख सोलार उपकरण निर्माता कम्पनीले राष्ट्रपति जो बाइडेन प्रशासनलाई त्यतिबेलै अमेरिकामा आफ्नो व्यवसायलाई संरक्षण दिन अनुरोध गरेका थिए । 

अमेरिकाको अर्को सरकारी निकाय अन्तर्राष्ट्रिय व्यापार आयोगले जुन महिनामा कर नीतिको अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro