देश

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेपछि आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक सुरु भएको छ । रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बैठक सुरु भएको नेपाल शिक्षक संघ सोलुखुम्बु जिल्ला अध्यक्ष मदन राईले बताए ।
“महासंघको बैठक सुरु भएको छ । विशेषगरी आजको बैठक २१ दिनदेखि जारी शिक्षक आन्दोलन र १२ कक्षाको परीक्षाकेन्द्रित छ,” राईले बाह्रखरीसित भने ।
आज बिहान बोर्डले आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको थियो । बोर्डले निजामती कर्मचारीलाई परिचालन गरेर परीक्षा लिने भएपछि महासंघले आपत्ति जनाएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२ १४:५५
प्रतिक्रिया दिनुहोस्