site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तिम चुनावी सभामा क्लिन्टन र ट्रम्पको शक्ति प्रदर्शन
काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका उमेदवारहरूले निकै कठिन तथा अप्रत्यासित मानिएको ह्वाइटहाउस दौडको अभियानलाई ‘युद्धभूमि’ मानिएका राज्यहरूमा सम्बोधन गरेर अन्त्य गरेको समाचार संस्था बीबीसीले जनाएको छ ।
हिलारी क्लिन्टनले मतादाताहरूलाई आशावादी, समावेशी तथा ठूलो हृदय भएको अमेरिकालाई अँगाल्न आग्रह गरेकी छन् भने डोनाल्ड ट्रम्पले भ्रष्ट प्रणालीलाई हराउन आग्रह गरेका छन् । क्लिन्टनको समर्थनमा भोट मागेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि भावुक भाषण गरेका छन् । 
पछिल्ला मत सर्वेक्षणहरूले डेमोक्रेट उमेदवार हिलारी क्लिन्टन रिपब्लिकन उमेदवार ट्रम्पभन्दा ४ अंकले अगाडि देखाएका छन् । 
अग्रिम मतदानमा ४६ मिलियनभन्दा बढी मतदाताले आफ्नो मत जाहेर गरिसकेका छन्, जुन अहिलेसम्मकै बढी हो ।
अमेरिकामा हिस्प्यानिक समुदायको मतदानमा  उच्च सहभागिताको संकेत देखिएको छ । यसले क्लिन्टनलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।
मध्य रातपछाडि ट्रम्पले मिचिगनको ग्रयान्डरापिड्स र क्लिन्टनले नर्थ क्यारोलिना रालेहमा अन्तिम चुनाव प्रचार अभियान गरेका थिए ।
गुमेको रोजगारी फर्काउने प्रतिबद्धता जनाउँदै डोनाल्ड ट्रम्पले भने, “आज अन्ततः अमेरिकी काम गर्ने वर्गले जवाफी आक्रमण गर्न गइरहेका छन् ।”
यसअघि न्यु ह्याम्पसायरमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले भने, “तपाईंहरू आफ्नो जीवनभरि खोजेको परिवर्तनका लागि अब केवल एक दिन टाढा हुनुहुन्छ ।”
यसैगरी हिलारीले आफूले जितेमा अन्धकार र फुट ल्याउने दर्शनलाई स्वीकार गर्नु नपर्ने बताइन् । उनले  निष्पक्ष, बलियो र राम्रो अमेरिकाको प्रतिक्षामा रहेको भन्दै अमेरिकामा मानिसहरूबीच पर्खाल होइन, पुल बनाउने बताएकी छन् ।
पेन्सेलभेनियाको फिलाडेल्फियामा हाइ प्रोफाइल प्रचारकहरू, सेलिब्रेटी तथा कलाकारहरूले खचाखच भरिएको चुनावी सभामा बु्रस स्प्रिङटिन, जोन बोन जोभी, पति बिल क्लिन्टन, राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मिसेल ओबामाले हिलारीलाई स्टेजमा साथ दिएका थिए ।
एक रेडियो अन्तर्वार्तामा क्लिन्टनले यदि उनले जितेमा ट्रम्पसँग छलफल गरेर अघि बढ्ने र उनले रचनात्मक भूमिका खेल्ने आशा गरेको बताएकी छन् ।
उता, पेन्सेलभेनियाकोको स्र्कान्टनमा आयोजित एक सभामा बोल्दै ट्रम्पले अहिलेको चुनावी वेग उनको पक्षमा भएको दाबी गरेका थिए ।
क्लिन्टनको निजी इमेल सर्भर प्रयोगको विषयतर्फ संकेत गर्दै ट्रम्पले उनलाई अमेरिकाको राष्ट्रपति चुनाव लड्ने सबैभन्दा भ्रष्ट उमेदवार भएको आरोप लगाएका थिए । 
आइतबार अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई)ले  क्लिन्टनको नयाँ प्राप्त भएको भनिएको शंकास्पद इमेलको छानबिन गर्दा कुनै आपराधिक विषय नभेटेको बताएपछि क्लिन्टनको चुनाव अभियानलाई थप सहयोग मिलेको थियो ।
अमेरिकामा मध्य रातपछाडि न्यु ह्याम्पसायरको सानो गाउँ डिग्जिभिल नोचमा मतदान सुरु भएको थियो, जहाँ ७ भोट खसेकोमा चार क्लिन्टनको पक्षमा खसेको थियो भने दुई ट्रम्पलाई गएको थियो ।
अमेरिकामा चुनावको परिणाम ग्रिनविच समय ४ः०० बुधबारसम्म आइसक्ने बताइएको छ । त्यति बेलासम्ममा पश्चिमी तटमा मतदान सम्पन्न भइसक्नेछ । राज्यगत रूपमा प्रक्षेपण भने ग्रिनविच समय १ः०० सम्म आउनेछैन ।
अमेरिकीहरू यो निर्वाचनमा केवल राष्ट्रपतिका लागिमात्रै भोट नहालेर अमेरिकी कांगे्रसका लागि पनि भोट हाल्दैछन् । यसबाट सबै कांग्रेसका सदस्यहरू र एक तिहाई सिनेटका सदस्यहरू छानिँदैछन् ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro