साहित्य
काठमाडौं । भनिन्छ जोडि भगवानले नै मिलाइदिएका हुन्छन् । आफू सुन्दर भएर पनि नमिल्दा जीवन साथी जोडी भएको देख्दा यो भनाई सत्य हो जस्तो पनि लाग्छ । सुन्दर भारतीय अभिनेतृहरुले आफूसँग नमिल्ने जीवनसाथी पाएको देख्दा यो भनाइको पुष्टि जस्तो पनि देखिन्छ । आफू सुन्दर भएर पनि नमिल्दो जीवनसाथी पाएका केही भारतीय अभिनेतृहरु यस्ता छन् ।
१.भूमिका चावला–भरत ठाकुर
भूमिका चावला र भरत ठाकुरको जोडीलाई भारतमा नमिल्दो जोडीको रुपमा लिइदै आएको छ । भूमिका चावलाले २००७ मा आफ्ना ब्वाईफ्रेन्ड भरत ठाकुरसँग विवाह गरेकी थिइन् ।
२. जुही चावला–जय मेहता
अर्को नमिल्दो जोडीको रुपमा जुही चावला र जय मेहताको जोडीलाई लिइएको छ । जय मेहता व्यापारी हुन् । उनी जुहीभन्दा ७ वर्ष जेठा न् । यो जोडीको एक बच्चा पनि छ ।
३.किम शर्मा–अनिल पुँजानी
मोहब्बतेबाट आफ्नो करियरको सुरु गरकी किम शर्माले अली पुँजानीसँग विवाह गरेकी छन् । अली केन्याका व्यापारी हुन् । किम अलीको दोस्रो श्रीमती हुन् ।
४.पुजा भट्ट–मनिष मखिजा
पुजा भट्ट फिल्म निर्माता महेश भट्टकी छोरी हुन् । २००३ मा पुजाले मनिषसँग विवाह गरेकी हुन् । उनीहरु २०११ मा छुट्टिएका हुन् ।
५. रविना टंडन–अनिल थडानी
रविना टंडनको प्रेमको विषयले धेरैनै चर्चा पाएको थियो । अजयसँग उनको अफेयरको चर्चा पनि चलेको थियो । अक्षय कुमारसँग उनको सम्बन्ध पक्का पक्कीसमेत भइसकेको थियो । तर, विवाह भन्दा पहिलानै यो सम्बन्ध तोडियो । पछि उनले फिल्म वितरक अनिल थडानीसँग विवाह गरिन् । उनीहरुको यो जोडीलाई पनि बलिउडमा नमिल्दो जोडीको रुपमा हेरिदै आएको छ । उनीहरुले २००४ को २२ फ्रेबु्रअरीमा राजस्थानको जग मन्दिरमा विवाह गरेका थिए ।
६. श्रीदेवी–बोनी कपुर
श्रीदेवी र बोनी कपुरको भेट मिस्टर इंडियामा भएको थियो । बोनी कपुर यो फिल्मको निर्माता थिए । श्रीदेवीसँग विवाह गर्नका लागि बोनीले आफ्नो पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३ १५:०९
प्रतिक्रिया दिनुहोस्