साहित्य
ड्याङ्ग गोली चल्यो
चिहिल विहिल भागाभाग भयो
सबै माउहरु आफ्ना बच्चा बोकेर भागे
मेरी आमा ढलेकी थिइन्, गुहार मागे
चिच्याए कराए आमा एक डेक सरिनन्
बरु मै लाई आमाका जुम्रा सरे
म विचल्ली परें
म एक्ले बाँदर
केही समयपछि एक हुल बाँदर आए
म मिसिन खोजें
तिथोरे लखेटे
आफ्नै ले त छोडेर गए
पराइको के भर
म एक्ले बाँदर
केहि समयपछि
आफ्नै दल आए
म रमाए
बिर्सिसकेछन्,
लखेटे धपाए
म एक्लै, एक्लो भएको छैन
सबै मिलेर मलाई एक्लोे बनाए
म एक्ले बाँदर
त्यही शिकारीलाई के माया लायो कुन्नी
घरमा लगेर पाल्यो
नाच्न सिकाउन थाल्यो
डमरु बजाउदै, मलाई नचाउँदै
पैसा कमाउन थाल्यो
मेरो कामै बाँच्ने भयो
मेरो कामै नाँच्ने भयो
दुखमा पनि नाच्नु पर्छ
दुखमा पनि हाँस्नु पर्छ
हो, म कलाकार
म एक्ले बाँदर
–लेखक गीतसंगीतको क्षेत्रमा सक्रिय र सफल गीतकार संगीतकार हुन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३ ११:०२
प्रतिक्रिया दिनुहोस्