साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘राधा’ र ‘परदेशीको उमंग’ आज (शुक्रबार) बाट प्रदर्शनमा आएका छन् ।
विनिता बराल र कुमार बिसीको लिड रोल रहेको चलचित्र ‘परदेशीको उमंग’ मा वैदेशिक रोजगारीका लागि विदेशीएका नेपाली कामदारको विषयलाई उठाइएको छ । वैदेशिक रोजगारीसँगै प्रेम नै ‘परदेशीको उमंग’ को मुख्य कथानक हो ।
शिव शर्माले निर्देशन गरेको चलचित्रमा कुमार बिसीले लगानी गरेका छन् ।
यता आजैबाट प्रदर्शनमा आएको ‘राधा’ गाउँकी एक किशोरीको जीवन संघर्षको कथा हो । लब एक्शन जनराको ‘राधा’मा पहाडबाट तराईमा आएर किशोरीले गर्नु पर्ने संघर्षलाई चित्रण गरिएको छ ।
‘राधा’ले राम्रो पब्लिसिटी गरे पनि ‘परदेशीको उमंग’ भने सुटुक्क लागेको चलचित्र हो । यि दुबै चलचित्र तिहारको छेको पारेर रिलिज भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १४:४०
प्रतिक्रिया दिनुहोस्