साहित्य
काठमाडौं । चुम्वनको दृश्यले चर्चामा आएको नेपाली कथानक चलचित्र ‘जंगबहादुरको कोट’ ले चलचित्र ‘जात्रा’ सँग प्रतिस्पर्धा गर्ने भएको छ ।
कात्तिक २६ गते रिलिज हुने यि दुवै चलचित्र तिहार सकिए लगत्तै रिलिज हुन लागेका हुन् । आशिष भेटवालले निर्देशन गरेको चलचित्र अभिनेता विमलेश अधिकारी र अभिनेत्री सुचित्रा आचार्यको चुम्बनको दृश्यले चर्चामा छ । अधिकांश दृश्य अष्टे«लियामा खिचिएको चलचित्रमा जंगबहादुरका कोटको चर्चालाई महत्व दिइएको छ । इतिहांसिक महत्वका बस्तुको तस्करी कसरी हुन्छ भन्ने विषय नै चलचित्रको मुख्य कथानक हो ।
‘जंगबहादुरको कोट’ मा विमलेश अधिकारी, सुचित्रा आचार्य, अनुप बराल, आलोक कार्की, विश्व बस्नेत, विपुल ज्ञवालीलगायतले अभिनय गरेका छन् ।
यता, प्रदिप भट्टराइले निर्देशन गरेको चलचित्र ‘जात्रा’को मुख्य रोलमा विपिन कार्की, रविन्द्रसिंह वानिया, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकार छन् ।
न्युरोडका तीन जना व्यापारीबीचको द्वन्द्व नै ‘जात्रा’ को मूख्य विषय हो । नाई, कपडा र स्टेसनरी व्यापारीले पैसाका लागि गरेको संघर्षलाई चलचित्रमा देखाइएको छ ।
‘जात्रा’का लागि हरिवंश आचार्यले गाएको गीत ‘नोट नोट’ ले यो चलचित्र चर्चामा छ । यि दुई चलचित्र मध्ये कसले बाजी मार्छ त्यो भने हेर्न बाँकी नै छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १३:०७
प्रतिक्रिया दिनुहोस्