site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गिरानचौरको एकीकृत बस्ती समुदायलाई हस्तान्तरण
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
गिरान्चौर (सिन्धुपाल्चोक) । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएका ६५ घर वटा र एउटा सामुदायिक भवन समुदायलाई हस्तान्तरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमका बीच बस्ती व्वस्थापन प्रमुख रामबहादुर लामालाई  घरको साँचो हस्तान्तरण गरिन् । कार्यक्रममा धुर्मस र सुन्तलीले कलाकारको धर्म र कर्म चिनाएको भन्दै भण्डारीले उनीहरूको कामबाट राष्ट्रले सिक्नुपर्ने बताइन् । आफू धुर्मुस सुन्तलीलाई थप हौसला दिन आएको उनले बताइन् । “पहाडी भेगमा पूर्वाधार विकास लागि यो अनुकरणीय छ, उनले भनिन् । 
सांसद अग्नि सापकोटाले धुर्मुस सुन्तलीलाई महामानव भन्दै बस्ती सिकाइको विश्वविद्यालय भएको बताए ।
अर्का सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा धुर्मुस सुन्तली भगावन नै बनेर आएको बताए । “हामी सबैले उहाँहरुबाट सिक्नुपर्छ,” उनले भने । 
कलाकारद्वय महजोडीले धुर्मुस सुन्तलीको काम देखेर भक्कानिएको सुनाए । “कलाकारकै शीर उँचो भयो । हामी गर्व गर्छौं तपाईंहरुप्रति,” महले भने । 
उद्योगमन्त्री नविन्द्रराज जोशीले सरकारले पनि यसबाट पाठ सिक्ने बताए । 
धुर्मुसले एकीकृत बस्ती देशकै सपना बन्नुपर्ने बताए । “काभ्रेमा देखेको सपना पूरा भयो । यहाँ पनि गरेर देखायौं । चार महिनामा ६५ घर बने । यो बस्ती समानताको पनि प्रतिबिम्ब हो । देश बनाउन जातियताको कुरा गर्नुपर्दैन,” उनले भने, “मनमा आँट थियो तर गोजीमा गाँठ थिएन । खै कसरी पैसा जुट्यो, थाहा छैन । बस्ती बनेको अठोटले हो, नोटले मात्रै होइन । हामीलाई सोध्छन्–अब के बनाउनुहुन्छ भनेर । हामी भन्छौं– अब देश बनाउँछौं । कलाको  पनि विजय भएको महसुस गरेका छौं आज ।' 
मेलम्ची नगरपालिका ८ गिरानचौरमा ठडिएका घरमा सोलार जडान गरिएको छ  भने चिल्ड्रेन पार्क, पार्किङ, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचा पनि बनाइएको छ ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro