site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशभर सयवटा पर्यटनका नयाँ गन्तव्य खोजिँदै, हजार आवेदन

काठमाडौं । आफ्नो ठाउँमा नयाँ गन्तव्यको विकासका लागि १ हजारभन्दा धेरैले नेपाल पर्यटन बोर्डमा आवदेन हालेका छन् । साउन २८ गतेसम्म आवेदन आह्वान गरिएकोमा ई–मेल र फाइल गरेर एक हजारभन्दा धेरै आवेदन परेको हो । 

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको योजनाअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ एक सयवटा पर्यटकीय गन्तव्य खोज्ने निर्णय गर्दै यसको जिम्मेवारी पर्यटन बोर्डलाई दिएको थियो । कम्तिमा एउटा प्रदेशमा १० वटा नयाँ गन्तव्य खोज्न सरकारले बोर्डलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार बोर्डले नयाँ गन्तव्यको खोजीका लागि आवेदन आह्वान गरेको थियो । 

प्राप्त आवेदनबाट उच्च सम्भावना बोकेका ठाउँ छनोट गरिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए । “बिमस्टेक सम्मेलनका कारण केही ढिलो भैरहेको छ, यो सम्मेलन सकिनेबित्तिकै प्राप्त आवेदनमध्येबाट उत्कृष्ट गन्तव्य छनोट गर्नेछौं,” प्रमुख कार्यकारी अधिकृत जोशीले भने । 

बोर्डले प्रदेश सरकारसँग समन्वय गरेर नयाँ गन्तव्य छनोट गर्नेछ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव नीता पोखरेल अर्यालको नेतृत्वमा पर्यटन बोर्डको योजना महाशाखाले प्रारम्भिक चरणको छनोट गर्नेछ भने अन्तिम सय गन्तव्य छनोटका समयमा सम्बन्धित विज्ञ पनि राखिने जोेशीले बताए । प्रत्येक ७ प्रदेशबाट १०–१० का दरले गन्तव्य छनोट गरिने छ भने बाँकी ३० वटा गन्तव्य सम्भाव्यताका आधारमा चयन गरिने जोशीको भनाइ छ । 

५० करोड बजेट   
सयवटा गन्तव्यको पहिचान र विकासका लागि भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० करोड बजेट छुट्याएको छ । प्रत्येक प्रदेशमा रहेका पर्यटन मन्त्रालयले पनि यसका लागि बजेट विनियोजन गरेका छन् । 

केन्द्र सरकारले नयाँ गन्तव्य पहिचान गरिसकेपछि त्यसको विकास र प्रवद्र्धनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले लगानी गर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिए । 

सरकारले तीन तहको सरकारसँगै निजी क्षेत्रलाई पनि नयाँ गन्तव्यको विकासका लागि साझेदारी गर्न आग्रह गर्ने योजना बनाएको छ । निजी क्षेत्रको सहभागिता रहेको खण्डमा प्रभावकारिता झनै बढ्ने सरकारको अपेक्षा छ । 

गन्तव्य छनोटको मापदण्ड
१) प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, साहसिक, धार्मिक र सांस्कृतिक महत्व रहेका गन्तव्य हुनुपर्ने 
२) सय वर्ष पुराना पुरातात्विक महत्वका सम्पदा हुनुपर्ने 
३) प्रस्तावित गन्तव्यमा सडक, खाना, आवास, शौचालयको व्यवस्था भएको हुनुपर्ने  
४) प्रस्तावित गन्तव्य नजिक रहेका अन्य आकर्षक गन्तव्यलाई मिलाएर सर्किटको रुपमा विकास गर्न सकिने खालको हुनुपर्ने 
५) प्रस्तावित गन्तव्यमा पर्यटकले कम्तिमा ५ घण्टा बिताउन सक्ने हुनुपर्ने 
६) यसअघि नै विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार भैसकेका, त्यसको लोकप्रियता, प्रदेश एवं स्थानीय सरकारको प्राथमिकतामा परेका र सुरक्षाको प्रबन्ध सहजै गर्न सकिने गन्तव्य प्राथमिकतामा पर्ने

बिमस्टेक सम्मेलनपछि नयाँ गन्तव्य पहिचान
नयाँ गन्तव्यले पनि पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने योजनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आएको छ । आफ्नो सय दिने कार्ययोजनामा नयाँ गन्तव्यको पहिचान, छनोट र विकासलाई राखेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले ५ वर्षे कार्ययोजनामा पनि यसलाई राखेका छन् । उनले यसलाई तत्काल साकार रुप दिएर बाह्यसँगै आन्तरिक पर्यटनलाई पनि बढावा दिन निर्देशन दिँदै आएका छन् । 

नयाँ सय गन्तव्य छनोटको कार्य बिमस्टेक सम्मेलन सकिएलगत्तै गरिने बताएका बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले बताए । नयाँ गन्तव्यले आन्तरिक पर्यटनलाई बढाउने उनको विश्वास छ । 

सन् २०१७ मा ९ लाख ४० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । आन्तरिक पर्यटनतर्फ कति नेपालीले भ्रमण गरे, त्यो भने यकिन तथ्यांक कसैसँग छैन । मन्त्री अधिकारीले बोर्डले हवाई यात्रुको मात्रै तथ्यांक राखेको र बिना राहदानी र स्थलमार्ग भएर आउने विदेशी पर्यटकको समेत रेकर्ड नराखेको भन्दै यसतर्फ सचेत हुन निर्देशन दिँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०७५  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro