site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इतिहास कोर्दै नेपाल, नेदरल्यान्ड्ससँगको खेल के होला ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली क्रिकेट टिम यतिबेला महत्वपूर्ण घडीमा छ । बुधबार हुने नेपाल र नेदरल्यान्ड्सबीचको एकदिवसीय क्रिकेट खेलमात्र नभएर नेपालका लागि इतिहास पनि हो । त्यही इतिहासलाई सुखद् बनाउने लक्ष्यमा छ नेपाली क्रिकेट ।

एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग २ खेलको एक दिवसीय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । नेपाली क्रिकेट टिम इंग्ल्यान्डमा त्रिकोणात्मक टि–ट्वान्टी सिरिज र अभ्यास खेल खेलेर नेदरल्यान्ड्स पुगिसकेको छ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल ऐतिहासिक हो । नेपालले सिरिजको अन्तिम खेल शुक्रबार खेल्दैछ । एक दिवसीय मान्यता पाएपछि पहिलो पटक खेल्न लागेको नेपाली क्रिकेट टिममा उत्साह उत्तिकै छ ।

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

ऐतिहासिक खेलमा नेपाल जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा नै नेदरल्यान्ड्समाथि उसैको भूमिमा जित हात पारेपछि नेपाली खेलाडीमा झनै जोस र जाँगर बढ्नेछ । इंग्ल्यान्ड भ्रमणमा निस्किनुअघि कप्तान पारस खड्काले ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सबै खेलाडी उत्सुक रहेको बताएका थिए । 

कप्तान खड्काले भनेका थिए, “सबैको चाहना थियो कि नेपाली क्रिकेट यो स्थानमा पुगोस् । नेदरल्यान्ड्ससँग पहिलो एक दिवसीय खेल खेल्दैछौं । धेरै खुशी छौं र जितेर नै सुरुवात गर्ने सक्दो प्रयासमा छौं ।”
आफ्नै बलबुताले यो स्थानसम्म आइपुगेको नेपाली क्रिकेट टिमले इंग्ल्यान्डमा ४ अभ्यास खेल खेल्नुका साथै नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो । यद्यपि वर्षाका कारण त्रिकोणात्मक सिरिजको अन्तिम नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको थियो । 

Global Ime bank

नेपाली क्रिकेट टिम यतिबेला निकै लयमा रहेको छ । यद्यपि नेदरल्यान्ड्स नेपालभन्दा बलियो टिम हो । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले इंग्ल्यान्ड प्रस्थान गर्नुअघि भनेका थिए, “हामी ऐतिहासिक क्षण नजिक छौं । अवश्य पनि हामी राम्रो क्रिकेट खेल्नेछौं । सबै खेलाडी फिट छन् । हाम्रो लक्ष्य भनेको नै जित्नु हो ।”

नेपाली क्रिकेट टिम

\"\"पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी र ललित भण्डारी नेपाली टिममा छन् । त्यस्तै ललितनारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी पनि टिममा परेका छन् ।  
वैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन् । 

नेदरल्यान्ड्स क्रिकेट टिम
पिटर सिलर (कप्तान), वेश्लेय बर्नेसी, डेन टेर ब्राक, बेन कोपर, स्कोट इडवार्ड्स, फ्रेडेरिक क्लासेन, बास डे लिड, पाउल भान मिकेरेन रहेका छन् । त्यस्तै स्टेफन मिबुर्घ, म्याक्स ओडोव्ड, हिडे ओभरडिज्क, शेन स्नाटर र मिचेल रिपोन रहेका छन् ।

नेपाल भर्सेस नेदरल्यान्ड्स हेड टु हेड

विश्वकप छनोट (मार्च २०१८)
नेदरल्यान्ड्स १८९–९
नेपाल १४४
नेदरल्यान्ड्स ४५ रनले विजयी

डब्लुसिएल च्याम्पियनसिप (अगस्ट २०१६)
नेपाल– २१७–९ 
नेदरल्यान्ड्स– १९८ 
नेपाल १९ रनले विजयी 

डब्लुसिएल च्याम्पियनसिप (अगस्ट २०१६)
नेपाल– ९४ 
नेदरल्यान्ड्स– ९६–३ 
नेदरल्यान्ड्स ७ विकेटले विजयी 

आईसीसी डिभिजन (जनवरी २०१५)
नेदरल्यान्ड्स – १५८
नेपाल– १५९–८
नेपाल २ विकेटले विजयी 

विश्वकप छनोट (जनवरी २०१४) 
नेपाल–१७१–९
नेदरल्यान्ड्स– १७२–३ 
नेदरल्यान्ड्स ७ विकेटले विजयी


२२ वर्षे यात्रा
सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०१८ मार्चमा नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यो नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो ।

नेपालले सन् २००८ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको तेस्रो स्थान ओगटेको थियो । त्यसबेला अफगानिस्तान विजेता र जर्सी उपविजेता बन्दै डिभिजन फोरमा प्रवेश गर्दा नेपाल डिभिजन फाइभमै चित्त बुझाउनु परेको थियो ।

त्यसको करिब २ वर्षपछि सन् २०१० मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फाइभको भने नेपाल विजेता बन्न सफल भयो । नेपालमै भएको खेलमा फाइनलमा अमेरिकालाई ५ विकेटले पराजित गर्दै नेपाल विजेताको साथ डिभिजन फोरमा बढुवा भएको थियो ।

\"\"यही साल इटलीमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरमा भने नेपालको प्रदर्शन सोचे अनुरुप भएन । नेपालले तेस्रो स्थानमै चित्त बुझाउँदा अमेरिका विजेता र इटाली उपविजेता बन्दै डिभिजन थ्रीमा प्रवेश गरेका थिए । 

सन् २०१२ मा भने नेपाल डिभिजन फोरको विजेता बन्न सफल भयो । मलेसियामा सम्पन्न  प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल विजेता र अमेरिका उपविजेता बन्दै डिभिजन थ्रीमा नेपाल पुगेको थियो ।

सन् २०१३ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री को विजेता बन्दै नेपालले विश्वको ध्यान तानेको थियो । आफूभन्दा अब्बल टोलीलाई पराजित गर्दै नेपालले त्यसबेला ऐतिहासिक सफलता पाएको थियो । फाइनलमा नेपालले युगाण्डालाई ५ विकेटले पराजित गर्दै डिभिजन टु मा प्रवेश गर्नुका साथै सन् २०१४ मा हुने आईसीसी विश्वकप छनोटमा पनि स्थान बनाएको थियो । 

\"\"त्यसपछि भने नेपाली क्रिकेटको क्रेज ह्वाटै बढेको थियो । एकपछि अर्को राम्रो प्रदर्शन गर्दै अघि बढेको नेपालले सन् २०१४ मा डिभिजन थ्री को दोस्रो पटक विजेता बन्यो ।
२०१४ नेपाली क्रिकेटको लागि निकै राम्रो सावित पनि भयो । नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेट पनि खेलेको थियो । सन् २०१५ देखि २०१७ सम्म चलेको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने नेपालले अवसर पाएको थियो ।

लड्दै उठ्दै, अनि फेरि अघि बढेको नेपाल यही वर्ष आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्न सफल भएको थियो । नामिवियामा फेब्रुअरीमा सम्पन्न डिभिजन टु मा युएई विजेता बन्दा नेपाल उपविजेता बन्दै विश्वकप छनोटमा प्रवेश गरेको थियो ।

२०१८ मार्चमा जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ऐतिहासिक फड्को मारेको थियो । नेपालले २२ वर्र्षे क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको थियो ।

\"\"

तस्बिरहरू फाइल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०७५  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC