site stats
बाह्रखरी :: Baahrakhari
खेल
थोमस फ्रान्क टोटनहमको प्रशिक्षकमा नियुक्त

काठमाडौं । इंग्लिस क्लब टोटनहमले नयाँ प्रशिक्षकमा थोमस फ्रान्कलाई ल्याएको छ । टोटनहमले यसअघि बर्खास्तीमा परेका एन्जे पोस्टेकोग्लोउको स्थानमा बिहीबार फ्रान्कलाई तीन वर्षको सम्झौतासहित भित्र्याएको हो ।

“हामी एक सफल र सिर्जनशील प्रशिक्षकलाई नियुक्त गर्दैछौँ । उनले आफैँलाई सफल प्रशिक्षकको रूपमा प्रमाणित गरिसकेका छन् । हामीले उनीलाई आगामी सिजनदेखि टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिने निर्णय गरेका छौँ,” टोटनहमले जारी विज्ञप्तिमा उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

५१ वर्षीय फ्रान्कले यसअघि ब्रेन्टफोर्डको प्रशिक्षण सम्हालेका थिए । उनी सन् २०१८ देखि ब्रेन्टफोर्डको जिम्मेवारीमा थिए ।

डेनमार्कको राष्ट्रिय टोलीको उमेर समूहबाट प्रशिक्षण करियर सुरु गरेका फ्रान्कले सन् २०१३ मा ड्यानीस क्लब ब्रोन्डबाईको नेतृत्व सम्हालेका थिए । त्यसपछि उनी सन् २०१६ को मार्चमा क्लब छाड्दै डिसेम्बरमा ब्रेन्टफोर्डको सहायक प्रशिक्षक बनेको थिए । 

सन् २०१८ को अक्टोबरमा टोलीका मुख्य प्रशिक्षक डिन स्मिथ पदबाट बर्खास्त भएपछि उनी मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्