site stats
बाह्रखरी :: Baahrakhari
खेल
साने टर्किस क्लब गालातासेरमा अनुबन्धित

काठमाडौं । जमर्नीका विंगर लोरे साने र टर्किस सुपर लिग च्याम्पियन गालातसारेबीच तीन वर्षका निम्ति सम्झौता भएको छ । बिहीबार सानेले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै जमर्नी समर्थकसँग बिदाई मागेका छन् । 

उनले जमर्नी राष्ट्रिय फुटबल टोलीमा ७० पटक क्याप जितेका छन् । त्यसैगरी, उनले बायर्नबाट २२० खेल खेल्दा ६१ गोल र ५५ एसिस्ट गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बायर्नमा रहँदा उनले चार बुन्डेसलिगा, डीएफएल सुपरकप, यूईएफए सुपर कप र क्लब विश्वकपको उपाधि जितेका छन् ।

उनी सन् २०२० मा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट बायर्नमा पाँच वर्षका लागि अनुबन्धित भएका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्