site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्ससँगको खेलमा यी युवा खेलाडीको भर

काठमाडौं । नेपालले नेदरल्यान्ड्ससँग आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । २ खेलको एक दिवसीय क्रिकेट सिरिज नेदरल्यान्ड्ससँग खेल्दै गर्दा नेपालका युवा खेलाडीमाथि सबैको ध्यान केन्द्रित भएको छ ।

एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग आज दिउँसो प्रतिस्पर्धा गर्दैछ । नेदरल्यान्ड्सविरुद्ध नेपाल जितको खोजीमा हुनेछ । नेपालको लागि आजको दिन ऐतिहासिक हो । यही ऐतिहासिक खेलमा नेपालका भरपर्दा युवा खेलाडीको प्रदर्शन कस्तो होला भन्ने कौतुहल खेलप्रेमीमा छ । नेपाली युवा खेलाडीमा निकै विश्वास पनि गरिएको छ । नेदरल्यान्ड्सविरुद्ध खेल्ने यी हुन् नेपाली युवा खेलाडी–

आरिफ शेख (अलराउण्डर)
 

\"\"आरिफ शेख नेपालका भरर्दा खेलाडी हुन् । अलराउण्डर आरिफ नेपाललाई जिताउन नायक बन्न सक्ने खुवी भएका खेलाडी हुन् । ब्याटिङको साथै बलिङ पनि आरिफको उत्तिकै राम्रो रहेको छ । 
२० वर्षीय आरिफले नेपाली सिनियर टिमबाट १७ वटा लिष्ट ए को खेल खेलेका छन् । उनले १ अर्धशतक बनाएका छन् । १७ खेलमा उनले २४८ रन बनाएका छन् । 

दीपेन्द्रसिंह ऐरी (अलराउण्डर)
 

\"\"दीपेन्द्रसिंह ऐरी नेपालका प्रभावशाली खेलाडी हुन् । मिडिल अर्डर ब्याट्सम्यान दीपेन्द्रले सिनियर टिमबाट लिष्ट ए को १५ खेल खेलेका छन्, जसमा उनले २ अर्धशतक बनाउँदै ३११ रन बनाएका छन् ।
उनको उच्च स्कोर ६२ रन रहेको छ । बलिङमा पनि दीपेन्द्र उत्तिकै सशक्त प्रदर्शन गर्छन् । उनले विश्वकप छनोटअन्तर्गत प्लेअफको खेलमा पपुवा न्युगिनीविरुद्ध ४ विकेट लिएका थिए । ४.२ ओभर बलिङ गरेका दीपेन्द्रले १४ रन खर्चेर ४ विकेट लिएका थिए भने ब्याटिङमा पनि त्यतिकै उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले अविजित ५० रन बनाउँदै नेपाललाई जित दिलाएका थिए ।

सन्दीप लामिछाने (बलर)
 

\"\"सन्दीप लामिछाने नेपालका चर्चित युवा खेलाडी हुन् । विश्वस्तरीय खेलाडी र चर्चित लिगहरूमा खेलेको अनुभव बटुलेका सन्दीप नेदरल्यान्ड्सको लागि घातक सावित हुन सक्छन् ।
सन्दीप नेपालका सफल लेग स्पिनर बलर हुन् । उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा मात्रै १७ विकेट लिएका थिए ।
सन्दीप लामिछानेले नेपालका लागि सिनियर टिमबाट २१ खेल खेल्दै ४२ विकेट लिइसकेका छन् । सन्दीपले यसअघिका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । त्यसकारण पनि नेदरल्यान्ड्सविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

रोहितकुमार पौडेल (ब्याट्सम्यान)
 

\"\"रोहित कुमार पौडेल छोटो समयमा नै चर्चामा आएका खेलाडी हुन् । यही वर्ष सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगितादेखि मात्रै सिनियर टिममा डेब्यु गरेका खेलाडी हुन् उनी । 
रोहित छोटो समयमा उत्कृष्ट प्रदर्शन गर्दै टिममा पर्दै आएका छन् । नामिविया विरुद्ध डेब्यु गरेका रोहितले छोटो समयमा आफूलाई स्थापित गर्न सफल भएका छन् । उनले सिनियर टिमबाट १२ खेल खेल्दै २३७ रन बनाएका छन् भने उनको उच्च स्कोर ४८ रन रहेको छ ।

अनिलकुमार शाह (विकेटकिपर ब्याट्सम्यान)
 

\"\"अनिलकुमार शाह नेपालका युवा खेलाडी हुन् । ओपनिङ तथ विकेट किपर ब्याट्सम्यान अनिलले नेपालका लागि लिष्ट ए मा ५ खेलमात्रै खेलेका छन् । जसमा उनले ५० रन बनाएका छन् ।
गत फेब्रुअरीमा नामिवियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिताअन्तर्गत केन्याविरुद्ध डेब्यु गरेका अनिलमाथि टिमको निकै भरोसा रहेको छ ।
अभ्यास खेलमा निकै लयमा रहेका अनिल नेदरल्यान्ड्सविरुद्ध खेल्ने निकै मौका रहेका छन् । 

ललितनारायण राजवंशी (बलर)
 

\"\"ललितनारायण राजवंशी नेपालका भरपर्दा युवा खेलाडी हुन् । यही वर्षको मार्चमा जिम्बाब्वेमा सम्पन्न आईसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत जिम्बाब्वे विरुद्ध डेब्यु गरेका राजवंशी त्यसयता सिनियर टिममा छन् ।
सिनियर टिमबाट ६ खेल खेलेका राजवंशीले अहिलेसम्म ५ विकेट लिइसकेका छन् ।

\"\"

प्रकाशित मिति: बुधबार, साउन १६, २०७५  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro