site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अहिलेसम्म कमजोर प्रदर्शन, के होला यसपटक ?

काठमाडौं । १८औं एसियाली खेलकुद प्रतियोगिता इन्डोनेसियामा यही अगष्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म आयोजना हुँदैछ । यसअघिका एसियन गेम्समा उत्साहजनक नरहेको नेपालको प्रदर्शन यसपटक कस्तो होला भन्ने जिज्ञासा खेलप्रेमीहरुमा छ । 

नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको लामै समय भइसक्यो । तर अहिलेसम्म पनि नेपाली खेलाडी अन्तर्राष्ट्रिय स्तरमा ओझेलमै पर्ने गरेका छन् ।

पहिलो एसियाली खेलकुद प्रतियोगिता भारतले सन् १९५१ मार्च ४ देखि ११ तारिखसम्म दिल्लीमा आयोजना गर्दा नेपालले पनि सहभागिता जनाएको थियो । पहिलो एसियाली खेलकुद प्रतियोगितामा ११ राष्ट्रका ४९१ जना खेलाडीले भाग लिँदा नेपालबाट ८ जना खेलाडीले भाग लिएका थिए ।

Dabur Nepal
NIC Asia

आयोजक भारतसहित नेपाल, अफगानिस्तान, बर्मा, सेयलोन, इन्डोनेसिया, इरान, जापान, फिलिपिन्स, सिंगापुर र थाइल्यान्डले पहिलो एसियाली खेलकुदमा भाग लिएका थिए । पहिलो एसियाली खेलकुद प्रतियोगितामा जापानले सर्वाधिक २४ स्वर्ण, २१ रजत र १५ कास्य गरी कुल ६० पटक जित्दै पहिलो भएको थियो । त्यस्तै, आयोजक भारत १५ स्वर्ण, १६ रजत र २० कास्य गरी कुल ५१ पदक जित्दै दोस्रो हँुदा नेपाल भने पहिलो एसियाली खेलकुदमा पदकविहीन बनेको थियो ।

८ कास्य (१९८६ दक्षिण कारिया) 
नेपालले पदक भने सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न भएको एसियन गेम्समा जितेको थियो । त्यसबेला नेपालले बक्सिङ र तेक्वान्दोबाट समान ४–४ गरी कुल ८ कास्य पदक जितेको थियो । नेपालका बक्सिङतर्फ स्वर्गीय दल बहादुर रानामगर, तुल बहादुर थापा, सुशिल पोख्रेल र मनोज बहादुर श्रेष्ठले नेपालका लागि कास्य पदक दिलाएका थिए ।
त्यस्तै, तेक्वान्दोमा नेपालका लागि राजकुमार राई, विधान लामा, राजकुमार घर्ति क्षेत्री र राजकुमार बुढाथोकीले कास्य पदक दिलाएका थिए ।

१ कास्य (१९९०, चीन)
सन् १९९० को ११औं एसियाली खेलकुद प्रतियोगिता चीनले पहिलो पटक आयोजना गरेको थियो भने यही संस्करणदेखि मात्रै एसियन गेम्समा चीनको उदय भएको थियो ।
चीनमा सम्पन्न एसियन गेम्समा नेपालले एक मात्र कास्य पदक जित्न सफल भयो । नेपालका लागि बक्सिङले पदक दिलाएको थियो । बक्सिङका चित्र बहादुर गुरुङले नेपाललाई पदकविहीन हुनबाट जोगाएका थिए । 

२ कास्य (१९९४, जापान)
सन् १९९४ को १२औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले २ कास्य पदक जित्न सफल भएको थियो । नेपालका लागि तेक्वान्दो र करातेले समान १–१ कास्य पदक दिलाएका थिए ।
तेक्वान्दोबाट नेपालका लागि मान बहादुर शाहीले कास्य पदक दिलाएका थिए । त्यस्तै, करातेबाट नेपालका लागि सिता राईले कास्य पदक जितेकी थिइन् ।

१ रजतसहित ३ कास्य (१९९८, थाइल्यान्ड)
थाइल्यान्डमा सम्पन्न भएको १३औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले अहिलेसम्मकै उपलब्धि हात पारेको छ । नेपालले १ रजत र ३ कास्य पदक गरी कुल ४ पदक जितेको थियो । यो एसियन गेम्समा नेपालको अहिलेसम्मकै ठूलो उपलब्धिको रुपमा रहेको छ ।

नेपालका लागि तेक्वान्दोमा सविता राजभण्डारीले रजत पदक दिलाएकी थिइन् । सविता बाहेक अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले रजत पदक जित्न सकेका छैनन् ।
यो एसियन गेम्समा नेपालका लागि रजत किशोर श्रेष्ठ र सपना मल्लले कास्य पदक जितेका थिए । करातेबाट नेपालका लागि समर बहादुर गोलेले कास्य पदक जितेका थिए ।

३ कास्य (२००२, दक्षिण कोरिया)
दक्षिण कोरियामा सम्पन्न १४औं एसियाली खेलकुद प्रतियोगितामा नेपालले ३ कास्य पदक जित्न सफल भएको थियो । यो पटक भने तेक्वान्दोले नेपाललाई पदक विहीन हुनबाट जोगाएको थियो ।
नेपालका लागि दीपक विष्ट, रेनुका मगर र ऋतु जिमी राईले नेपाललाई कास्य पदक दिलाएका थिए ।

३ कास्य (२००६, कतार)
नेपालले १५औं एसियन गेम्समा पनि ३ कास्य पदक जित्न सफल भएको थियो । यो बेला पनि नेपालको लागि तेक्वान्दोले केही राहत दिएको थियो ।
नेपालका लागि दीपक विष्टले पुनः एक पटक कास्य पदक जितेका थिए । उनी एसियन गेम्समा २ पटक पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । अहिलेसम्म एसियन गेम्समा कुनै पनि नेपाली खेलाडीले २ पटक पदक जितेका छैनन् ।
त्यस्तै, नेपालका लागि मनिता शाही र आयशा शाक्यले कास्य पदक जितेका थिए ।

१ कास्य (२०१०, चीन)
चीनले आयोजना गरेको १६औं संस्करणको एसियन गेम्समा नेपालको लागि बक्सिङले पदक विहीन हुनबाट जोगाएको थियो । 
नेपालका लागि दीपक महर्जनले कास्य पदक दिलाएका थिए । उनकै पदकमा नेपाल खाली हात फर्किनु परेन ।

१ कास्य (२०१४, दक्षिण कोरिया)
४ वर्षअघि दक्षिण कोरियामा सम्पन्न १७औं एसियन गेम्समा नेपालले एकमात्र कास्य पदक प्राप्त गरेको थियो ।
नेपालका लागि विमला तामाङले करातेबाट कास्य पदक दिलाएकी थिइन् । खाली हात स्वदेश फर्किनु पर्ने अवस्थामा विमलालई नेपाललाई एक मात्र कास्य पदक दिलाउँदै चर्चा पनि कमाएकी थिइन् ।

१८औं एसियन गेम्समा नेपालको अवस्था के होला ?
१८औं एसियाली खेलकुद प्रतियोगिता इन्डोनेसियामा यही अगष्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म आयोजना हुँदैछ । एसियाका ४५ राष्ट्रले भाग लिने प्रतियोगितामा ४० खेलका ४६५ स्पर्धामा प्रतिस्पर्धा हँुदैछन् ।

यो पटकको एसियन गेम्समा नेपालको तर्फबाट २९ खेलमा १८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । करिब २ महिनादेखि एसियन गेम्सको तयारीमा छन् विभिन्न खेलका खेलाडी ।

\"\"

\"\"

\"\"

\"\"

\"\"

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro