site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ रवीन्द्र अधिकारीको विमानस्थल सुधार योजना
SkywellSkywell

काठमाडौं । गएको ७ अप्रिलमा सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ता भोजराज न्यौपानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा जहाजको पर्खाइमा सिट नहुँदा विदेशीसहित नेपाली यात्रु बडो कष्टका साथ भुइँमा बसेको तस्बिर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई मेन्सन गरे । त्यसको केही दिनमै विमानस्थल कार्यालयलाई मन्त्री अधिकारीले निर्देशन दिएपछि विमानस्थल कार्यालयले बस्ने सिट थप्यो । ती तस्बिर पनि सार्वजनिक भए । 
रवीन्द्र मन्त्री भएको केही दिनमै उनलाई ट्विटरमा मेन्सन आयो, “रवीन्द्र दाइ, काठमाडौंमा एयरपोर्टको अध्यागमन कार्यालयमा फारम भर्ने ठाउँमा कलम नै हुँदैन । ४०–५० वटा कलम

राखिदिनुहोस् न ! खाडी मुलुक जाने कामदारले फारम भर्न जान्दैनन्, भरिदिने मान्छेको पनि व्यवस्था गरिदिनुस् ।”

KFC Island Ad
NIC Asia

युुवा जोश त्यसमा पनि भर्खर मन्त्रीमा नियुक्त भएका अधिकारी सचिवलाई लिएर गृह मन्त्रालय पुगे । बुझ्दा त्यो फारम भर्नुपर्ने कानुनमै रहेनछ । अहिले नेपालीले त्यो फारम नै भर्नु पर्दैन ।
नेपाल कम्युनिष्ट पार्टीका युवा नेता रवीन्द्रले यतिबेला आफ्नो जिम्मेवारीमा आएको मन्त्रालयमा देखिनेगरी काम गर्न लागिपरेका छन् । उनले मन्त्री भएलगत्तै सय दिने कार्ययोजना सार्वजनिक गरे । सरकारको सय दिन पुग्नुभन्दा एक दिन अगाडि नै उनले कार्ययोजनाको प्रगति विवरण प्रस्तुत गरे । ९५ प्रतिशत कार्ययोजना पूरा भएको बताएका उनले चौमासिक रुपमा  मन्त्रालयको कामको समीक्षा गर्ने प्रतिबद्धता जनाउँदै मन्त्रालय मातहतका कर्मचारीलाई आफ्नो जिम्मेवारीमा बफादारिता प्रस्तुत गर्न निर्देशन दिँदै आएका छन् ।  

भनिन्छ, कुनै पनि देशको समृद्धि त्यो देशको अन्तर्राष्ट्रिय विमानस्थलले झल्काउँछ । देशका जनताको अनुशासन र व्यवहार त्यो देशको सडक ट्राफिक नियम पालनाले दर्शाउँछ । 
नेपालमा एउटामात्रै अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यो पनि भव्य र आलिशान छैन । स्तरोन्नतिका लागि लामो समयदेखि प्रयास भए पनि त्यो सफल हुन सकेको छैन । 

Royal Enfield Island Ad

वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल नहुनु, अन्तर्राष्ट्रिय विमानस्थलमा एउटैमात्रै रनवे हुनु र आन्तरिक विमानस्थल पनि त्यसैलाई प्रयोग गरिनुले अन्तर्राष्ट्रिय विमानस्थल सोचेजस्तो छैन । अस्तव्यस्त एयर ट्राफिकले विमानस्थलको गरिमामाथि नै खिल्ली उडाइरहेको छ । त्यसको व्यवस्थापन गर्न सकेमात्रै पनि धेरै हदसम्म एयर ट्राफिक कम हुने मन्त्री अधिकारी बताउँछन् । 

यस्ता छन् मन्त्री अधिकारीका योजना
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फका उडान तथा अवतरण हुँदा अत्यधिक एयर ट्राफिक चाप भएकाले बाह्य उडान लामो समयसम्म होल्ड भएकाले विद्यमान अवस्थालाई न्यूनीकरण गर्न आन्तरिक विमानस्थललाई अन्यत्र सार्ने । यसका लागि काभ्रेको नागिडाँडा उपयुक्त  स्थान भएको अध्ययन समितिले दिएको प्रतिवेदनअनुसार उक्त स्थानमा थप प्राविधिक कार्य अगाडि बढाउँदै उपयुक्त ठहरिए तत्काल निर्माण कार्य सुरु गर्ने । 
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ट्राफिक कन्जेक्सन हटाउन यही जेठ ७ गतेबाट सुरु गरिएको २१ घण्टे सेवामा रातीको समयमा आन्तरिक उडान गर्दै एयर स्पेश बढाउने । 
– कम ट्राफिक चाप भएको साँझको समयमा आन्तरिक उडानका लागि वायु सेवा कम्पनीलाई आग्रह गर्ने । 
– काठमाडौं उपत्यका बाहिर स्टेशन रहने गरी इजाजत लिएका हवाई कम्पनीलाई अनिवार्य रुपमा पार्किङ बाहिर गराउन लगाउने । 
– दुर्गम र व्यापारिक हिसाबले कम आय हुने ठाउँमा उडान गर्ने वायुसेवा कम्पनीलाई विशेष सहुलियत दिँदै निजी कम्पनीलाई पनि त्यस्ता स्थानमा उडान भर्न लगाउने । 
– प्रदेश स्तरमा प्रदेशस्तरीय उडान सञ्चालन गरिने । एउटा प्रदेशबाट सिधै अर्को प्रदेशका लागि उडान भर्ने । 
– नेपाल वायु सेवा निगमले नयाँ जहाज ल्याएपछि प्रदेशस्तरीय उडान सुरु गर्ने । निजी वायुसेवालाई पनि यसतर्फ आकर्षित गर्ने ।
– विमानस्थलको सुधार तथा स्तरोन्नति गर्दै मुख्य सहर तथा सहरी क्षेत्रमा रहेका विमानस्थललाई क्षेत्रीय तहको विमानस्थल निर्माण गर्दै क्षेत्रीय उडान सुरु गर्ने । 
– यात्रु चाप उच्च रहेका विमानस्थललाइई रात्रीकालीन सेवा दिने विमानस्थलमा परिणत गर्ने । 
– जहाज नजाने ठाउँका विमानस्थलमा लगानी नगर्ने र आगामी दिनमा त्यस्ता ठाउँमा विमानस्थल निर्माण नगर्ने । 
– नेपाल एयरलाइन्सको टिकट बिक्रीलाई व्यवस्थित गर्न आन्तरिकतर्फ छुट्टै मोडालिटी तयार गर्ने ।  

– निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएका तथा सञ्चालनमा आएर पनि उडान रोकिएका विमानस्थललाई तत्काल सञ्चालनमा ल्याउने । 
– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भैसकेको र निर्माण मोडालिटी तयारी भैरहेकाले यसलाई चाँडै निष्कर्षमा पुर्याउँदै निर्माण सुरु गर्ने । 
– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको काम दु्रत गतीमा अगाडि बढाउने ।   
– कर्मचारीको दैनिक कार्य हेरेर कामको कार्यप्रगति विवरण लिने तथा चौमासिक समीक्षा गर्ने ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro