site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दिल्लीमा चम्किए नेपाली खेलाडी सन्दीप, अन्तिम खेल पनि उत्कृष्ट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले आफ्नो डेब्यु वर्षमा नै उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जितेका छन् ।

सन्दीप लामिछाने नेपाली क्रिकेटमा छाएको धेरै भएको छैन । सन् २०१६ को यु–१९ विश्वकप क्रिकेटदेखि मात्रै सन्दीप चर्चामा आएका हुन् । अहिले उनको चर्चा अरु कुनै स्टार खेलाडीको भन्दा कम छैन । 
सन्दीपले आईपीएलमा आफुलाई स्थापित गरिसकेका छन् ।

दिल्लीको अन्तिम खेलमा सन्दीपले ३ विकेट लिए । दिल्लीलाई जित दिलाउन मुख्य भूमिका खेलेका सन्दीपको चर्चा जताततै चुलिएको छ । फिरोज कोट्ला रंगशालामा भएको खेल सन्दीपको लागि निकै फलदायी बन्यो । सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध ओपनिङ बलिङ गरे । सन्दीपले आफ्नो पुरै ४ ओभर बलिङ ३६ रन खर्चेर ३ विकेट लिए । सन्दीपले आफ्नो चौथो ओभरमा ४ रन मात्रै दिए । त्यस्तै, तेस्रो ओभरमा १३ रन दिए । तेस्रो र चौथो ओभरमा भने सन्दीपले विकेट लिन सकेनन् ।

सन्दीपले आफ्नो दोस्रो ओभरमा मात्र ६ रन खर्चेर २ विकेट लिएका थिए । सन्दीपले दोस्रो ओभरको पहिलो बलमा कैरण पोलार्ड ७ रनमा आउट भएका थिए । त्यस्तै, चौथो बलमा सन्दीपले क्रुनाल पाण्ड्यलाई ५ रनमा आउट गराए । त्यस्तै, पहिलो ओभरमा सन्दीपले सूर्यकुमार यादवलाई आउट गराएका थिए ।

\"\"

सन्दीपले भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा डेब्यु खेलमा गरेका थिए । आफ्नो पहिलो खेलमा नै सन्दीपले प्रभावकारी प्रदर्शन गर्दै विकेट समेत लिन भ्याए । 

उनले विश्वकै उत्कृष्ट ब्याट्सम्यान विराट कोहली, एवि डिभिलियर्स लगायतका खेलाडीविरुद्ध बलिङ गरेका थिए । ओपनिङ बलिङ गरेका सन्दीपले बेंग्लोरविरुद्ध दिल्लीका खेलाडीमध्ये सबैभन्दा राम्रो बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट लिएका थिए । उनको इकोनोमी ६.२५ रहेको थियो । उनले २ चौका र एक छक्का मात्रै खाएका थिए । सन्दीपले पार्थिव पटेललाई एल्बीडब्लु आउट गराएका थिए ।

आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले दोस्रो खेलमा झनै निखारिएको प्रदर्शन गरे । चेन्नाई सुपर किंग्स विरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ विकेट लिएका थिए ।

विकेट लिने क्रममा सन्दीपले विष्फोटक ब्याट्सम्यान तथा आईपीएल सर्वाधिक रनको रेकर्ड राखेका सुरेश रैनालाई आउट गरेका थिए । चेन्नाई विरुद्ध सन्दीपको इकोनोमी ५.२५ रहेको थियो । चेन्नाई विरुद्ध सन्दीपले एक छक्का मात्रै खाएका थिए ।

आईपीएलमा सन्दीपको सफल ल्यान्ड
\"\"

सन्दीप लामिछानेले आईपीएलमा सफल ल्यान्ड गराएका छन् । यो वर्षको आईपीएलले सन्दीपको भविष्य पनि निर्धारण गरेको छ । यो सिजनको आईपीएलभर सन्दीप चर्चामा रहे । तर उनले दिल्लीको ११ औं खेलसम्म खेल्न पाएनन् । यद्यपी प्लेअफमा पुग्ने सम्भावना सकिएपछि दिल्लीले ढिलो गरेर सन्दीपलाई मैदानमा उतार्यो । अहिले सन्दीपका बारेमा विश्लेषक तथा मिडियाहरूले दिल्लीसँग सन्दीप जस्ता हिरा भएपनि मैदानमा ढिलो ल्याएको बताएका छन् ।

तर, सन्दीपले आफ्नो प्रदर्शन देखाउँदै बाँकी खेलमा निरन्तर स्थान बनाए । सन्दीपले आईपीएलमा ३ खेलबाट ५ विकेट लिएका छन् ।

को हुन् सन्दीप ?
\"\"

सन्दीप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २००० मा जन्मिएका सन्दिपको क्रिकेट करियर भने चितवनबाट सुरु भएको हो । बाल्यकाल स्याङ्जा मै बिताएका सन्दीपले क्रिकेट खेल्न थालेको लामो समय भएको छैन । क्रिकेट एसोसिएसन अफ चितवन एकेडेमीबाट नोभेम्बर २०१४ मा भर्ना भई क्रिकेट सिक्न थालेका सन्दिपले १०१६ मा डेब्यु गरेका थिए । 

एक सामान्य परिवारमा जन्मिएका सन्दीप अहिले नेपाली सिनियर राष्ट्रिय टिमका पनि नियमित खेलाडी हुन् । उनले सन् २०१६ मा आईसीसी विश्व च्याम्पियनसिपअन्तर्गत नामिवियाको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

विश्वकपमा पनि सन्दीपको ह्याट्रिक विकेट
\"\"

सन् २०१६ मा बंगलादेशमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिपले आयरल्याण्डविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । पहिलो खेलमा नै न्युजील्याण्ड जस्तो बलियो टेष्ट राष्ट्रलाई ३२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन मात्रै बनाएको थियो । आयरल्याण्डका अग्रपंक्तीका ब्याट्सम्यानलाई आउट गर्ने क्रममा सन्दीपले ह्याट्रिक गरेका थिए । उनले खेलको ३१.४ ओभरमा लोर्कन टुकर, ३१.५ ओभरमा फायच्रा टुकर र ३१.६ ओभरमा एडम डेन्नीसनलाई आउट गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

आयरल्याण्डविरुद्ध सन्दिपले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ५ विकेट लिएका थिए । आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका थिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro