site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उमेदवारको अडानले एन्फा चुनाव थप अन्योलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका प्रत्यासि मणि कुँवर पक्षले पत्रकार सम्मेलन गर्दै वैशाख २२ गते हुने भनिएको निर्वाचन कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी कँुवर पक्षले एन्फाको विधि र विधानसम्मत् नभएको भन्दै चुनाव आफूहरुलाई मान्य नहुने बताएको हो । 

कुँवर पक्ष चुनाव मान्य नहुने भन्दै मैदानमा उत्रिएपछि पटक–पटक सारिएको एन्फा चुनाव कहिले हुने विषयमा झनै अन्योल बढेको छ । पत्रकार सम्मेलनमा वर्तमान उपाध्यक्षसमेत रहेका कुँवरले षड्यन्त्रपूर्वक वैशाख २२ गते चुनाव गर्न लागेको आरोप लगाए । उनले भने, “चुनाव विधि सम्मत् हुनुपर्छ भन्ने हाम्रो माग हो । मलाई जानकारी नदिई निर्वाचन समितिले मिति घोषणा गरेको हो ।”

एन्फा निर्वाचनबारे उच्च अदालत पाटनले यसअघि दिएको अन्तरिम आदेश वैशाख १२ मा खारेज गरेपछि स्थगित भएको निर्वाचन वैशाख २२ गते हुने मिति तय भएको थियो । तर, अध्यक्षका प्रत्यासि कुँवरले वैशाख २२ गते नै चुनाव गर्नु ठूलो षड्यन्त्र भएको आरोप लगाए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “चुनाव गराउनुपर्छ भन्ने नै हाम्रो पनि मान्यता हो । त्यसमा दुई मत छैन । तर विधानसम्मत् हुनुपर्छ । हामीले निर्वाचन समितिमा अपिल गरेका छौं ।” अदालतमा मुद्दा परेपछि कार्यसमितिले पहिले गरेको निर्णय बे्रक भएको र विधानअनुसार फेरि कार्यकारी समितिले ६० दिने नोटिस जारी गर्नुपर्ने कुँवर पक्षको माग छ ।

एन्फा अध्यक्षका अर्का प्रत्यासि कर्माछिरिङ शेर्पाले भने एन्फा चुनाव कुनै पनि हालतमा वैशाख २२ गते नै हुनुपर्नेमा जोड दिएका छन् । शेर्पाले भने, “एन्फा चुनाव २२ गते नै हुनुपर्छ । उहाँहरूको कुनै असहमति छ भने साधारणसभामा राख्नुपर्छ । साधारणसभाबाट भाग्नका लागि अनेक बहाना बनाउनु हँुदैन । एन्फा चुनावबारे तेस्रो पटक फिफाबाट लेटर आइसकेको छ । अब पनि चुनाव भएन भने नेपाली फुटबल प्रतिबन्धमा पर्छ ।”

Global Ime bank

शेर्पाले थपे, “उहाँहरूको मुख्य उद्देश्य भनेको निर्वाचन रोक्ने र नेपाललाई प्रतिबन्धित गराउने हो । जसरी गणेश थापा प्रतिबन्धित भए, त्यसरी नै नेपाली फुटबललाई पनि गराएर मेरो पालामा बाहेक अरुको पालामा विकास भएको छैन भन्ने देखाउनका लागि भएको हो ।”

किन ढाँटे कुँवरले ?
पत्रकार सम्मेलनमा कुँवरले एन्फाको विधान राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अहिलेसम्म पारित नगरेको आरोप लगाए । उनले भने, “राष्ट्रिय खेलकुद परिषद्को संघ संस्था ऐनअन्तर्गत कुनै पनि संघसंस्थाको विधान राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत हुनुपर्छ भनेर प्रष्ट भनेको छ । राष्ट्रिय खेलकुद परिषद्ले सबै संघसंस्थालाई स्वतन्त्र दिएर विधान स्वीकृति नगर्नु पर्ने नयाँ नियम निकालेको छ भने मलाई जानकारी छैन । जहाँसम्म अखिल नेपाल फुटबल संघको कुरा छ, मलाई जानकारी आएसम्म अहिलेसम्म विधान पास भएको छैन ।”

यता, राष्ट्रिय खेलकुद परिषद्को मिति २०७४ फाुगन १५ गतेको निर्णयले एन्फाले पठाएको संशोधित विधान पारित गरेको देखिन्छ । राखेपअन्तर्गत संघसंस्था समन्वय विभाग प्रमुख कुलबहादुर थापाले एन्फाको संशोधित विधान पास गरेर पठाइसकेको बताए ।

उच्च अदालत पाटनले गत चैत ७ गते एन्फाको १६ औं साधारणसभा तथा कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश दिएपछि गत वर्ष चैत १४ गते तय भएको निर्वाचन स्थगित भएको थियो । एन्फाको निर्वाचन समितिले वैशाख १२ गते अदालतमा परेको मुद्दाको किनारा लागेपछि वैशाख २२ गते एन्फा चुनाव गर्ने निर्णय गरेको थियो ।

यसअघि भक्तपुर जिल्ला फुटबल संघका तत्कालिन अध्यक्ष गौतम सुजुख र मकवानपुर जिल्ला फुटबल संघका तत्कालिन उपाध्यक्ष मनिष श्रेष्ठले आफ्नो जिल्लामा निर्वाचन नभएकाले केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदा आफ्नो प्रतिनिधित्व नभएको भन्दै मुद्दा दर्ता गराएपछि उच्च अदालत पाटनका न्यायाधीश राजकुमार वनको एकल इजलासले निर्वाचन नगराउन आन्तरिम आदेश दिएको थियो ।

एन्फाको चुनाव समयमै नहुँदा यसको प्रत्यक्ष मारमा भने खेल र खेलाडी परेका छन् । लामो समयदेखि राष्ट्रिय लिग र ए डिभिजन लिग हुन सकिरहेको छैन । एन्फा चुनावकै कारण गत वर्ष नै हुने भनिएको राष्ट्रिय लिग स्थगित भएको थियो । चुनावकै चटारोमा एन्फाले फुटबलका अन्य गतिविधि गर्न सकिरहेको छैन ।

यता, एन्फा चुनाव पटक–पटक सर्दा फुटबलको नियमनकारी निकाय विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट एन्फालाई चुनाव सम्बन्धी ३ वटा पत्र पठाइसकेको छ । एन्फा चुनाव समयमै सम्पन्न नभए विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट निलम्बित हुने खतरा पनि बढेको छ ।

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०७५  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC