site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
डीपीएल क्रिकेट शनिबारदेखि, यस्ता छन् विदेशी खेलाडी

काठमाडौं । सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यही चैत १७ गतेदेखि सुरु हुदैछ । प्रतियोगिता नजिकिँदै गर्दा ६ शहरका ६ टिमले विदेशी खेलाडीको टुंगो लगभग लगाएका छन् ।

डीपीएल–२ क्रिकेट खेल्न कस्ता विदेशी खेलाडी आउनेछन् भन्ने क्रिकेटप्रेमीको मनमा खुलदुली चलिरहँदा प्रायः सबै टिमले विदेशी खेलाडीको टुंगो लगाएका छन् । यतिबेला डीपीएलमा सहभागी क्लबहरू आ–आफ्नै तारिकाले अभ्यासमा व्यस्त छन् । कुनै क्लब विदेशी भूमिमा गएर अभ्यास गरिरहेका छन् भने कुनै टिम स्वदेशमै डीपीएलको उपाधि उलाल्ने लक्ष्यका साथ तयारीमा छन् ।

यस्ता छन् विदेशी खेलाडी
 

महेन्द्रनगर युनाइटेड
महेन्द्रनगर युनाइटेडले आइतबारदेखि अभ्यास थालेको छ । पूर्व कप्तान विनोद दास प्रशिक्षक रहेको यो क्लबले दुई भारतीय खेलाडीलाई आफ्नो टिममा अनुबन्धित गरेको छ । 
महेन्द्रनगरले पुनित मेहरा र पुनित विष्टलाई आफ्नो क्लबमा आबद्ध गराएको हो । पुनित मेहराले भारतीय घरेलु प्रतियोगिता खेल्दै आएका खेलाडी हुन् । मेहरा अलराउण्डर हुन् भने विष्ट विकेटकिपर ब्याट्सम्यान हुन् ।
महेन्द्रनगर युनाइटेडमा विनोद भण्डारी, करण केसी, अभिनाष कर्ण, भुवन कार्की, रोहित कुमार पौडेल, आरिफ शेख  र आसिफ शेख जस्ता चर्चित खेलाडी छन् ।

काठमाडौं गोल्डेन्स
काठमाडौं गोल्डेन्सले आफ्नो अभ्यास थालेको करिब एक साता भइसकेको छ । काठमाडौं गोल्डेन्सले आफ्नो टिममा दुई भारतीय खेलाडीलाई भित्र्याएको छ । काठमाडौंले जयकिसन कोल्सावाला र सन्नी पटेललाई आफ्नो टिममा आबद्ध गरेको हो ।
कोल्सावाला विकेटकिपर ब्याट्सम्यान हुन् भने पटेल अलराउण्डर हुन् । उद्घाटन खेलमा नै टिम चौराह धनगढीसँग प्रतिस्पर्धा गर्ने काठमाडौं निकै सन्तुलित टिम भएको प्रशिक्षक राजु बस्न्यातले बताएका छन् ।
काठमाडौं गोल्डेन्समा नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, नरेश बुढाऐर, ललितनारायण राजवंशी, अमित श्रेष्ठ, किशोर महत्तो जस्ता खेलाडी छन् ।

रुपन्देही च्यालेन्जर्स
रुपन्देही च्यालेन्जर्स निकै आशा गरिएको टिम हो । भेट्रान खेलाडी शक्ति गौचनको नेन्तृत्वमा रहेको रुपन्देही च्यालेन्जर्स अहिले भारतको गोखरपुरमा अभ्यास खेल्न खेल्न गएको छ । गोरखपुरका स्थानीय क्लबसँग ३ वटा अभ्यास खेल आफ्नो टिमले खेलीरहेको टिमका मालिक रोमित बज्राचार्यले बताए । 
रुपन्देही च्यालेन्जर्सले एक जना खेलाडी ओमनबाट आफ्नो क्लबमा भित्र्याएको छ भने अर्को खेलाडी भारतबाट ल्याएको छ ।
ओमनका मुख्य खेलाडी सुफ्यान मेहमोदलाई आफ्नो टिममा भित्र्याएका हुन् । यता अर्का खेलाडी भने द क्रिकेट एसोसिएसन अफ बेंगालबाट दिपक प्रसादलाई आफ्नो टिममा ल्याएको हो ।
रुपन्देही च्यालेन्जर्समा शक्ति गौचन, सागर पुन, प्रदिप ऐरी, जितेन्द्र मुखिया, सिद्धान्त लोहनी, सुसान भारी, अमरसिंह रौटेला जस्ता खेलाडी छन् ।

सीवाईसी अत्तरिया
सीवाईसी अत्तरिया पनि यतिबेला अभ्यासमा व्यस्त छ । शनिबारदेखि अभ्यास थालेको सीवाईसीले आफ्नो टिमलाई बलियो बनाउन भारतबाट दुई खेलाडी ब्याट्सम्यान र अलराउण्डर भित्र्याएको छ । 
सीवाईसीले भारतीय खेलाडी विपिन चन्द्रा र गौरभ चितकारालाई आफ्नो टिममा आबद्ध गरेको हो । गौरभ यसअघि आईपीएलको लागि डिल्लीमा परेका खेलाडी समेत हुन् भने विपिन भारतीय घरेलु प्रतियोगिता खेल्दै आएका खेलाडी हुन् ।
सीवाईसी अत्तरियामा दीपेन्द्रसिंह ऐरी, सुवास खकुरेल, कुशल भुर्तेल, प्रेम तामाङ जस्ता खेलाडी छन् ।

विराटनगर किंग्स  
विराटनगर किंग्सले काठमाडौंमा सोमबार (आज) देखि अभ्यास थालेको छ । विराटनगरको टिम महेश रिजालले सम्हालिरहेका छन् । उनकै मुख्य प्रशिक्षणमा सोमबारदेखि टियु मैदानमा अभ्यास सुरु गरेको छ । 
विराटनगर किंग्सले विदेशी खेलाडीमा हङकङका बाबर हायतलाई ल्याउने कुरा चलेपनि अहिलेसम्म टुंगो लागिसकेको छैन । विराटनगर किंग्सका टिम व्यवस्थापक छुम्बी लामाले केही दिनमै दुई विदेशी खेलाडीको टुंगो लाग्ने बताए ।
विराटनगर किंग्समा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासँगै बसन्त रेग्मी, पृथु बास्कोटा, सौरभ खनाल, दिलिप नाथ, अनिल कुमार शाह, मञ्जित श्रेष्ठ, रामनरेश गिरी जस्ता चर्चित खेलाडी छन् ।

टिम चौराह धनगढी
टिम चौराह धनगढी साविक विजेता पनि हो । टिम चौराहले पहिलो संस्करणको डीपीएलको उपाधि जितेको थियो । टिम चौराहका खेलाडी आज (सोमबार) धनगढी पुग्दैछन् । टिमका मालिक राजकुमार श्रेष्ठले मंगलबारदेखि अभ्यास सुरु गर्ने बताए ।
टिम चौराहले एक विदेशी खेलाडीलाई अनुबन्धित गरिसकेको छ भने एक खेलाडी आबद्ध गर्न बाँकी छ ।
टिम चौराह धनगढीले हङकङका नदिम अहमदलाई आफ्नो टिममा भित्र्याएको छ । बाँकी एक जना खेलाडीको पनि कुरा चलिरहेको र एक दुई दिनमा नै टुंगो लाग्ने टिमका मालिक राजकुमार श्रेष्ठले बताएका छन् ।
टिम चौराह धनगढीमा सोमपाल कामी, राजेश पुलामी मगर, योगेन्द्रसिंह कार्की, सोनु तामाङ, राजु रिजाल, सुनिल धमला जस्ता चर्चित खेलाडी छन् । 

प्रकाशित मिति: सोमबार, चैत १२, २०७४  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro