site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एक दिवसीय मान्यताले ल्याएको खुसीसँगै सुध्रिएला त क्यान ?

काठमाडौं । ‘ओडिआई स्टाटस पाइयो, स्टेडियम चाहियो,’ सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनमा गुञ्जिएको यो एक नारा हो ।  नेपाली क्रिकेटले एक दिवसीय मान्यता प्राप्त गरी टिम नेपाल स्वदेश फिर्ता हुँदै गर्दा स्वागतमा क्रिकेटप्रेमीले सरकारप्रति यसरी माग गरेका थिए ।

सोमबार साँझ विमानस्थलमा क्रिकेटको निकै रौनक थियो । टिम नेपाल विश्वकप छनोटमा सहभागिता जनाएर स्वदेश फर्किँदा स्वागतमा उपस्थित भएका क्रिकेटप्रेमीले खेलाडीको हौसला मात्रै बढाएनन्, विगत लामो समयदेखि क्यान विवाद समाधान गर्न, निर्माणाधिन अवस्थामा रहेको रंगशाला निर्माण सम्पन्न गर्न, लगायतका विषयमा सरकारको ध्यानाकर्षण पनि गराए । 

‘क्यान विवाद समाधान गर’, ‘मुलपानी क्रिकेट मैदान छिटो निर्माण सम्पन्न गर’, ‘टुँडिखेलमा खेलेर विश्वकप खेल्न सकिन्न’, खेलाडीलाई सुविधा दे’, ‘पारस खड्का हाइहाइ’  लगायतका नारा विमानस्थलमा घन्किएका थिए ।

विमानस्थलको आगमनस्थलमै एकै आवाजमा गुञ्जिएको क्रिकेट प्रेमीको नजिकै बसेका नवनिर्वाचित युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राखेपका सदस्य सचिव केशव कुमार विष्टले पनि यी नारा सुनिरहेका थिए ।

उनीहरुको आक्रोश सरकार र राष्ट्रिय खेलकुद परिषदसँग रहेको बुझिन्थ्यो ।

यसअघि मन्त्रालयको जिम्मेवारी सम्हालेकाहरुको प्रतिवद्धता बचनमा मात्रै सीमित भएको र नेपाल क्रिकेट संघ क्यान निलम्बन हुनुको मुख्य कारक राखेप भएको गुनासो पनि त्यहाँ थियो ।

नेपाल क्रिकेट संघ (क्यान) २०७२ साल वैशाखमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बनमा परेको थियो । त्यसयता क्यान निश्क्रिय छ । क्यान विवाद लम्बिदै जादा यसले अहिलेसम्म मुर्त रुप लिन सकेको छैन । आईसीसीले क्यानलाई अन्तिम पटक मौका दिएको छ । 

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएकोमा खुसीसँगै चिन्तित पनि देखिन्थे । लामो समयदेखिको सपना साकार भएको बताउँदै खुसी व्यक्त गरे पनि क्यानको विवाद र सरकारको कार्यशैलीप्रति भने उनी चिन्तित देखिन्थे ।

कप्तान पारसले भने, “धेरै वर्षदेखि देखेको सपना साकार भएको छ । र आशा गरौंकी अबको चार वर्षमा हामीले झनै राम्रो गर्नेछौं । नेपालको अबको लक्ष्य भनेको एक दिवसीय विश्वकप खेल्ने हो । ट्वान्टी–ट्वान्टी विश्वकप छनोट पनि आउँदैछ । हाम्रो लक्ष्य भनेको १०–१२ वर्षमा टेष्ट राष्ट्रको मान्यता पाउने हो ।”

लामो समयदेखि क्यान निलम्बन हुँदा यसको असर नेपाली खेलाडी र क्रिकेटले प्रत्यक्ष रुपमा भोग्नुपरेको छ ।

कप्तान पारसले यसो भने, “कुरा जिम्मेवारीको हो । खेलाडीले जिम्मेवारी पूरा गरिरहेकै छ । पदाधिकारी र देशप्रति पनि क्रिकेट खेललाई कसरी हेर्ने भनेर जिम्मेवारी छ । सबै जना मिलेर अघि बढ्नुपर्छ । मैदान बाहिरको जे जति नराम्रो पक्षहरू छ, त्यो सुधार्ने मौका छ हामीसँग । आशा गरौं अब हामीले व्यक्तिभन्दा पनि क्रिकेटलाई लिएर अगाडि बढ्नुको विकल्प छैन ।”

कप्तान पारसलाई मात्रै होइन पुरै नेपाली क्रिकेट टिमलाई चिन्ता छ एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता त पायौं तर अब क्यानले निकास पाइएला त ?
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले यस्तै भद्रगोल स्थितिले नेपाली क्रिकेट अब अघि नबढ्ने बताए । 

मुख्य प्रशिक्षक टमाटाले भने, “यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के छ भने हामीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता त पायौं, खुसी छौं सबै । तर अबको चारवर्ष क्रिकेट कसरी चलाउने ? यही तरिकाले भने केही हुनेवाला छैन । त्यसको लागि सबैभन्दा पहिले क्रिकेट बोर्ड हुनुप¥यो या क्रिकेट एसोसिएसन हुनुप¥यो । अनि नयाँ किसिमको क्रिकेट संरचना हुनुपर्यो ।”
नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पनि क्यानप्रति निराश नै छन् । सन्दीपले नेपाली क्रिकेटलाई अब अगाडी बढाउन सबै इमान्दार हुनैपर्ने बताए ।
२२ वर्षे क्रिकेट यात्रामा नेपालले पहिलोपटक ऐतिहासिक सफलता हात पार्दै एक दिवसीय मान्यता पाएको हो ।

पहिलोदेखि तेस्रो खेलसम्म लगातार हार कुनै बेला निकै कठिन मोडमा पुगेको नेपालले त्यसपछि दुई खेल लगातार हङकङ र पपुवा न्युगिनीलाई पराजित गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । यस्तो खुसीको क्षणमा पनि भौतिक संरचना अभावकै कारण नेपालले थुप्रै प्रतियोगिता आयोजना गर्ने अवसर गुमाउनुपरेको भन्दै खेलाडी र प्रशिक्षक भने चिन्तित देखिन्थे ।

कप्तान पारस खड्का भन्छन्– घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वधार र खेलाडीको हेरचाह यो कुरामा अब ध्यान दिनैपर्छ । हामीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता मात्रै पाएका छौं । काम गर्नुपर्ने कुरा धेरै छन् । आशा गरौं हामीले आगामी दिनमा एउटा राम्रो संरचना बनाएर अघि बढ्ने हो भने हामी निरन्तर ओडीआई राष्ट्र बनिराख्छौं ।” 
तस्बिर : रासस

प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro