site stats
बाह्रखरी :: Baahrakhari
कला
एआईजी कार्कीको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ (भिडिओ)

काठमाडौं । पछिल्लो समय गीत लेखनमा समेत सक्रिय रहेका एआईजी दानबहादुर कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘गुन्यु चोली पटुकी’ बोलको बाल गीत सार्वजनिक भएको हो । 

बसन्त सापकोटाको संगीतमा बाल गायिका अनुजा कँडरियाले स्वर भरेको यो गीतमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छन् । नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन, आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन यो गीत लेखेको एआईजी कार्कीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"गुन्यु, चोलो र पटुकी नेपाली संस्कृति र भेषभुषाका अभिन्न अंग हुन्," एआईजी कार्कीले भने, "हाम्रो यो संस्कृति नयाँ आउने पुस्ताले बिर्सिदै जाला कि भन्ने अवस्थामा यो गीत लेखिएको हो । गीतमा अभिव्यक्त विषयले म मेरो देशप्रति गर्व गर्छु, मेरो भेषभुषाप्रति गर्व गर्छु भन्ने सन्देश बोक्न खोजेको छ । गीतले नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउने र आफनो संस्कृति र भेषभुषाप्रति गौरव महसुस गराउन भूमिका खेल्न सक्छ ।"

पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको यो गीतको भिडियो निर्देशन किरण थापाले गरेका हुन् । एआईजी कार्कीले अघिल्लो वर्ष प्रहरीको प्रवक्ता हुँदा ‘दसैँ–तिहार’ बोलको मार्मिक गीत सार्वजनिक गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्