site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एयर इन्डिया विमान– एक यात्रु  उछिट्टिएर बाँच्न सफल

काठमाडौं । एयर इन्डियाको बिहीबार अहमदाबादमा भएको दुर्घटनामा एक यात्रु उछिट्टिएर बाँच्न सफल भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
४० वर्षका विश्वास कुमार रमेश दुर्घटनामा जिवितै रहेको पाइएको समाचारमा जनाइएको छ ।

दुर्घटनामा कम्तिमा पनि २०४ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ । तर प्रहरीले कोही पनि जिवित नरहेको अनुमान गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्वास कुमार रमेश उक्त फ्लाइटको ११ एक सिटमा बसेर लण्डन जाँदै थिए । दुर्घटनाका क्रममा उनी उछिट्टिएर बाँच्न सफल भएको जनाइएको छ । घाइते उनलाई तत्कालै अस्पताल लगिएको थियो ।

उनले हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै भनेका छन्, “जब म दुर्घटनाबाट बाहिर निस्किएँ मेरो चारैतिर शव छरिएका थिए । म डराएँ । म तत्काल उभिएर भागेँ । मेरो चारैतिर दुर्घटनाग्रस्त विमानका टुक्राहरु थिए ।”

उनको आँखामा चोट लागेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्