site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भूराजनीति एकदम तरल अवस्थामा छ : परराष्ट्रमन्त्री राणा
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अहिले भूराजनीति एकदमै तरल अवस्थामा रहेको बताएकी छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको शुक्रबारको बैठकमा बोल्दै उनले पछिल्लो भूराजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेकी हुन् ।

“भूराजनीति अहिले एकदमै तरल अवस्थामा छ । अहिले यहाँ बस्दाबस्दै पनि इरान र इजरायलमा के डेभलप होला ? त्यहाँ नेपालीहरू पनि हुनुहुन्छ । राजदूतावास पनि छ । राजदूतहरू पनि हुनुहुन्छ,” परराष्ट्रमन्त्री राणाले भनिन् । 

अहिले एकदमै चुनौतीपूर्ण भूराजनीति भएकाले चाँडो रेस्पोन्स गर्ने र तयार हुने क्रममा आफूहरू लागेको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्