
हेटौँडा । वर्षासँगै चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । चट्याङ लागेर कैलाश गाउँपालिका–९, थामलेकका १४ वर्षीय कान्छा गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । आफ्नै घर बाहिर खाटमा बसिरहेका अवस्थामा चट्याङ लागेर बिहीबार उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, चट्याङ लागेर वाग्मती गाउँपालिका–२, देउराली गाउँका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते भएका छन् । आफ्नै घरमा बसिरहेका अवस्थामा चट्याङ लागेर घाइते भएका हुन् । उनको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
चट्याङ लागेर स्थानीय कमलजंग रानामगरको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । रासस