site stats
बाह्रखरी :: Baahrakhari
देश
राजावादीको प्रदर्शनबारे बुझ्न गृहमन्त्रीले बोलाए चारवटै सुरक्षा निकायका प्रमुख

काठमाडौं । राजावादीले गर्न लागेको प्रदर्शनको सुरक्षा व्यवस्थाको जानकारी लिन गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका छन् । मंगलबार साँझ गृह मन्त्रालयमा चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाइएको हो ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलाई बोलाइएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जेठ १५ गते राजावादीले काठमाडौंमा गर्न लागेको प्रदर्शनका विषयमा सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीले बैठक बोलाएका हुन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको अराजक प्रदर्शनमा सुरक्षा निकायको कमजोरी भन्दै आलोचना भएको थियो । अबको प्रदर्शनमा कमजोरी हुन नदिन सरकार नै लागिपरेको छ । सोमबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यही विषयमा छलफल गर्न सिंहदरबारमा चारवटै सुरक्षा निकायलाई बोलाएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्