देश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेवापत पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा सुनुवाइपछि उनलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।
उक्त उजुरीमा ब्युरोले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको थियो । त्यसयता प्रहरीको खोजीमा परेका पाठकका तर्फबाट आइतबार उच्च अदालत पाटनमा निवेदन परेको थियो ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ १७:४४
प्रतिक्रिया दिनुहोस्