site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नाराबाजी भइरहन्छ, संसद् चलिरहन्छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधकैबीच संसद् चलाउनु अस्वाभाविक नभएको बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले संसद्‌मा यस्ता खेलहरू भइरहने र आफूलाई नौलो नलागेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"संसद्‌मा यस्ता खेल भइरहन्छन् । मलाई नयाँ नौलो लाग्दैन । यसभन्दा पहिला पनि संसद्‌मा यस्ता खेल त भइरहन्थे त । विरोध गर्ने, नारा लगाउने, सरकारले सदन चलाइरहने, आफ्ना काम अघि बढाउने । यसलाई मैले अस्वाभाविकरूपले लिन्नँ," केसीले भने ।

उनले देशको भ्रष्टाचार नियन्त्रण गर्न कुनै पनि सरकार सफल हुन नसकेको बताए । "देशमा भ्रष्टाचार अत्यन्त मौलाइरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्न सरकार पूर्णरूपमा असफल नै छ । एउटामात्रै सरकारको कुरा होइन, अहिलेको सरकारको मात्रै कुरा होइन । विगतदेखि अहिलेसम्म सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन," उनले भने ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्