
काठमाडौं । सर्लाहीको वाग्मती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापा वन मुद्दामा ५० लाख धरौटीमा रिहा भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आइतबार उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
एक अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसा बिगो दाबी गर्दै थापाविरुद्ध मुद्दा दायर भएको थियो । उनले बनाएको भरत तालमा खनेर बेचिएको ढुंगा, गिट्टी, बालुवा, त्यस क्षेत्रमा काटिएका रुखसहित हिसाब गरेर बिगो दाबी गरिएको थियो ।
थापासहितले ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्याएको आरोपसहित एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको थियो । वाग्मती नगरपालिकाका नगर प्रमुख थापासहित उपप्रमुख लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दामा प्रतिवादी बनाइएको थियो । मुद्दा लाग्दासम्म फरार प्रतिवादी रहेका थापा आफैँ अदालतमा उपस्थित भएपछि बयानसहित थुनछेक बहस भएको थियो ।
थापाविरुद्ध यसअघि नै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन् ।