
काठमाडौं । चलचित्र ‘महाभोज’ले दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । जेठ १५ गते रिलिज हुने चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका मध्ये एक पोस्टरमा चलचित्रका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएको छ ।
दोस्रो पोस्टरमा ग्रामीण परिवेश चित्रित छ । जसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपाललगायत कलाकारलाई पनि देखाइएको छ ।
चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् । निर्देशक राउतले ‘महाभोज’ मनोरञ्जनसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथासहित आउने बताए ।
‘महाभोज’ क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।