site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिला अर्धजलाशय अयोजना अघि बढाउँदै विद्युत् प्राधिकण, ईआईएको काम सुरु
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकार स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले अर्धजलाशय (पीआरओआर) जलविद्युत् आयोजना अघि बढाएको छ । प्राधिकणले जुम्ला जिल्लामा ७० मेगावाटको जावा तिला अर्धजलाशय आयोजना अघि बढाएको हो । आयोजना जुम्ला र कालीकोट जिल्ला भएर बग्ने तिला नदीमा प्रस्ताव गरिएको जानकारी विद्युत् प्राधिकरणले दिएको छ । 

विद्युत् प्राधिकरणले आयोजना अघि बढाउन वातावरणीय प्रभाव मूल्यांकनको क्षेत्र निर्धारणको काम सुरु गरेको छ । स्कोप निर्धारणका लागि रायसुझाव मागेको प्राधिकरणले जानकारी दिएको छ ।

आयोजना जुम्लाको तिला गाउँपालिका, हिमा गाउँपालिका, तातोपानी गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकामा पर्ने प्राधिकरणले जनाएको छ । 

आयोजना विद्युत्को माग उच्च भएको समय साँझ  र बिहान सञ्चालन गर्ने लक्ष्य रहेको छ । अर्धजलाशय आयोजनाको पिकिङ समय दैनिक ६ घण्टा हुनेछ । बिहान दुई र बेलुका चार घण्टा आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । 

आयोजनाको बाँध तिला गाउँपालिकाको रारालिहीको पदुदुखोलामा प्रस्ताव गरिएको छ । बाँधबाट ६.४ किलोमिटर लामो सुरुङमार्फत लगिएको पानीलाई नाग्मामा रहेको विद्युत्गृहमा खसाए ऊर्जा उत्पादन हुनेछ । 

आयोजनाको विद्युत्गृहमा ३५–३५ मेगावाटका दुईवटा फ्रान्सिस टवाईन राख्न प्रस्ताव गरिएको छ । उत्पादन हुने बिजुली पुनः तिला नदीमा छाडिने प्राधिकरणले जनाएको छ । आयोजनाको बाँधको उचाइ १८ मिटर र लम्बाइ ५७ मिटर हुनेछ । आयोजनाको डिजाइन वहाव प्रतिसेकेन्ड ५५ घनमिटर हुने भएको छ । 

आयोजना प्रारम्भिक चरणमा रहेको छ । विस्तृत आयोजना प्रतिवेदन तयारीको क्रममा रहेको छ । आयोजना बनाउन झन्डै १५ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । डीपीआर तयारीपछि आयोजनाको लागत यकिन हुनेछ । 

अध्ययन सकेर विद्युत् प्राधिकरणले आयोजना सहायक कम्पनीमार्फत बनाउनेछ । वित्तीय व्यवस्थापन र विद्युत् प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) हुन बाँकी छ । पीपीए भएपछि मात्र लगानी जुट्नेछ । 

प्राधिकणले अर्धजलाशय आयोजनाको न्यूनतम  प्रतियुनिट ४.८० देखि दैनिक ६ घण्टासम्म पिकिङ हुने आयोजनालाई अधिकतम १० रुपैयाँ ५५ पैसा पीपीए दर तोकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro