site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार (चैत ३१) ८.६२ अंकले घटेको छ । नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ ।

यस दिन ६ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भयो । गएको बिहीबार पाँच अर्ब ६३ करोड रुपैयाको सेयर खरिद–बिक्री भएको थियो ।

आइतबार नेप्से परिसूचक २६६२.०८ विन्दुमा बन्द भएको छ । ८८ कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य स्थिर छ ।

गुडविल फाइनान्सको ऋणपत्रको मूल्य १० प्रतिशतले बढेको छ । ‘१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेञ्चर २०८३’ को मूल्य १२१ रुपैयाँ ५० पैसाले बढेर प्रतिडिवेञ्चर एक हजार ३३६ रुपैयाँ ५० पैसा कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफको सेयर मूल्य सर्वाधिक बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको १० र क्रेस्ट माइक्रोलाइफको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

कारोबारमा रहेका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । होटेल तथा पर्यटन, लगानी, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro