site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाडा अटो डाइलग भोलि 

काठमाडौं । नाडा अटोमोबाइलले मंगलबार राजधानीमा ‘नाडा अटो डाइलग २०८१’ आयोजना गर्दैछ । डाइलगमा औद्योगिक नेतृत्व, अनुसन्धानकर्ता र अटो विज्ञहरुको सहभागिता रहने भएको छ । डाइलगमा अटोमोबाइल क्षेत्रमा देखिएको चुनौतिका साथै मुख्य ट्रेन्ड र प्रविधिका विषयमा छलफल हुने नाडाले जनाएको छ ।

नाडा अटो डाइलगको मंगलबार बिहान उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अटोमोबाइल क्षेत्रको दीर्घकालिन नीति र आर्थिक विकासका लागि इन्नोभेटिभ मोबिलिटी र मोबिलिटी फर अटोमोबाइल डेभलपमेन्ट विषयमा गहन छलफल हुने बताइएको छ ।  

डाइलगमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको सहभागिता रहने नाडाले जनाएको छ । यस्तै राष्ट्रपति कार्यालयका सचिव रामप्रसाद घिमिरे, अर्थसचि घनश्याम उपाध्याय र ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यको सहभागिता रहने भएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro