site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ वर्ष २०८२मा सीजीको ‘ठूलो हर्ष योजना’ सार्वजनिक

काठमाडौं । नयाँ वर्ष ०८२ को अवसरलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले ग्राहकका निम्ति रोमाञ्चक योजना घोषणा गरेको छ । 

‘नयाँ वर्षको ठूलो हर्ष’ योजनाअन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकले क्यूआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् । 

बम्पर लक्की ड्रमा मिडिया ४८२ लि एसबीएस रेफ्रिजिरेटर र मासिक लक्की ड्रमा मिडिया १० केजी वासिङ मेसिन योजनाका विशेषता हुन् ।

क्रोम्प्टनको ८५ वर्षको दीर्घ इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणको उत्पादनले ग्राहकलाई सन्तुष्ट राख्दै आएको छ । नेपालमा सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीले क्रोम्प्टनको भरोसा अझै मजबुत बनाएको छ ।

सीजी इलेक्ट्रोनिक्स सीजी क्रप ग्लोबलको नेपाल शाखाको रूपमा परिचित छ । यो योजना चैत्र २१ गतेदेखि नेपालभरि लागू गरेको छ । 

सीमित समयका लागि उपलब्ध यो अवसरको लाभ उठाउन ग्राहकलाई नजिकको डिलर वा अधिकृत विक्रेतासँग सम्पर्क गर्न आग्रह गरिएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro