site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गल्फसँग कर्पोरेट जोडिएजस्तै कलाकारितासँग पनि जोडिनुपर्नेमा कलाकारको जोड

काठमाडौं । कलाकारहरूले गल्फसँग कर्पोरेट क्षेत्रलाई जोडेजस्तै चलचित्र, संगीत र साहित्यलाई पनि व्यापारिक घरानासँग जोड्नुपर्ने बताएका छन् ।  

कर्पोरेट हाउस आफ्नो ‘एक्सपोज’का लागि गल्फसँग जोडिएजस्तै चलचित्र, संगीत र साहित्यको विकासका लागि कर्पोरेट हाउससँग सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा कलाकारहरूको जोड छ ।  

शनिबार भएको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा कलाकार हरिवंश आचार्य गल्फको विकासका लागि बिजनेस जोडिएजस्तै कला क्षेत्रको विकासका लागि पनि कर्पोरेट हाउससँग जोडिनुपर्ने बताउँछन् ।  

कर्पोरेट क्षेत्र जोडिदा गल्फको विकास भएजस्तै कला क्षेत्रको विकासका लागि पनि आपसी सहकार्य आवश्यक रहेको उनको धारणा छ । गल्फमा ‘स्पोन्सरसिप’ आएजस्तै कला क्षेत्रको विकासका लागि पनि व्यापारिक घरानासँग जोडिनुपर्ने हरिवंशको जोड छ । 

“बाह्रखरी गल्फले कलाक्षेत्रलाई थप जोड्न आगामी वर्षमा आर्टको एक्जिविसन राख्न सकियो भने कला क्षेत्रले थप अपनत्व महसूस गर्छ । कार्यक्रमस्थलमा हाम्रो मौलिक संगीत बजिरहोस्,” हरिवंश भन्छन्, “साँझ कार्यक्रम भयो भने म्युजिक इभेन्ट पनि गर्न सकिन्छ । कला क्षेत्रलाई बिजनेससँग यसरी नै जोड्दै जाने हो ।” 

3-1743908926.jpg
 कलाकार तथा निर्माता दीपकराज गिरी व्यापारिक घराना चलचित्र उद्योगसँग जोडिए सर्जक तथा स्रष्टाले सिर्जनात्मक विधामा मात्रै केन्द्रित हुन पाउने बताउँछन् । 

“चलचित्रमा कर्पोरेट हाउसको प्रवेश हुँदा सिर्जनशील व्यक्तिहरू रचनात्मक विधामा मात्रै काम गर्ने अवस्था बन्नसक्छ । चलचित्रको आर्थिक पाटो व्यापारिक क्षेत्रका व्यवक्तिले नै हेर्नुपर्छ,” दीपक भन्छन्, “बाह्रखरी गल्फले उद्योगी र कलाकारबीच इन्टर्‍याक्सन बढाउने काम गरेको छ । यस्तैयस्तै गर्दै चलचित्र क्षेत्रमा कर्पोरेट हाउसको प्रवेश हुने हो ।” 

6-1743908998.jpg
केही वर्ष पहिला चलचित्र क्षेत्रमा कर्पोेरेट हाउस रहेको स्मरण गर्दै दीपक बीचमा नरहे पनि पुनः प्रवेश भएको भन्दै यसलाई थप विस्तार गर्दै लैजानुपर्ने बताउँछन् । 

कलाकार र कर्पोरेट हाउसको बाक्लो छलफल र विचार विमर्सले नै सहकार्यको वातावरण बढाउँदै लैजाने उनले बताए । 

कलाकार र बिजनेसहाउसबीच छलफल र भेटघाटको वातावरण बनाउने कार्य आफैँमा महत्वपूर्ण रहेको दीपक बताउँछन् । व्यापारिक क्षेत्रका व्यक्ति र चलचित्र क्षेत्रलाई एकै ठाउँमा भेला गराउने कार्य थप बाक्लिँदै जानुपर्ने उनको धारणा छ ।

7-1743909029.jpg
निर्देशक प्रदीप भट्टराई गल्फ आफैँमा सम्पन्न र सोखिन तथा व्यापारिक घरानाका व्यक्तिले खेल्ने खेल भएकाले यो क्षेत्र र यसमा सञ्चालकलाई सिनेमासँग जोड्न सक्नुपर्ने बताउँछन् । 

यस्ता कार्यक्रममा कला क्षेत्रको ठूलो उपस्थिति भए उद्योगी तथा व्यवसायीलाई चलचित्र क्षेत्रमा लगानीका लागि ‘कन्भिन्स’ गर्ने वातावरण बन्दै जाने प्रदीप बताउँछन् । 

उद्योगी र व्यापारीले सधैँ नाफा खोज्ने भएकाले यो सोच र रिटर्न्स लिने क्षमता भएको व्यक्तिको लगानी चलचित्रमा भए त्यस्ता चलचित्र व्यापारिक रूपमा सफल हुने उनको धारणा छ । 

4-1743909067.jpg
चलचित्रको मार्केटिङ पनि कलाकारले नै गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । यही नै कमजोरी भएको उनको ठहर छ । नेपाली चलचित्र नाफा नखोजेर पछि परिरहेको प्रदीप बताउँछन् । 

“नेपाली चलचित्र किन घाटामा छन् भने निर्माता राम्रो नभएर हो । तथ्यांकमा कहाँ कति खर्च गर्ने र कहाँबाट कति रिटर्न्स आउँछ भन्ने थाहा जसलाई छ, उसका चलचित्र चलेका छन्,” प्रदीप भन्छन्, “दीपकराज गिरी, रवीन्द्रसिंह बानियाले लगानी गरेका चलचित्र चल्छन्, किन भने उहाँहरू कलासँगै रिटर्न्स पनि खोज्नुहुन्छ ।” 

8-1743909100.jpg
व्यापारिक दिमाग भएको व्यक्ति सिनेमामा आएपछि चलचित्रले राम्रो व्यापार गर्ने उनी बताउँछन् । 

“मेरो दालभात पनि यही हो, शिक्षा, स्वास्थ्य र पर्यटन पनि यही हो भनेर चलचित्रकर्मीले सोच्नुपर्छ । त्यस्तो अवस्था व्यापारिक रूपमा सफल व्यवसायीलाई चलचित्र उद्योगले भित्र्याएको खण्डमा मात्रै हुनेछ,” प्रदीप भन्छन्, “व्यवसायीले चलचित्र क्षेत्रबाट कसरी नाफा  लिन सकिन्छ भनेर काम गर्नुहुन्छ । कर्पोरेट सेक्टर आउनबित्तिकै केही हदसम्म चलचित्र क्षेत्रमा सकारात्मक परिवर्तन आउनेछ ।” 

कर्पोरेट सेक्टरलाई चलचित्र क्षेत्रमा भित्र्याउन बाह्रखरी गल्फजस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।  

14-1743909147.jpg
निर्माता तथा कलाकार रवीन्द्रसिंह बानिया बिजनेसम्यानले मात्रै ठूलो बजार पहिल्याउन र बनाउनसक्ने बताउँछन् । बिजनेस म्यानले कति लगानी गरेर कति प्रतिफल लिने भनेर क्यालकुलेटर थिचेर काम गर्ने तर चलचित्रकर्मीसँग त्यो क्षमता नहुने उनी बताउँछन् । 

“हामी कलाकार इमोसनमा चल्छौँ । उहाँहरू प्लानिङ र ब्रान्डिङले चल्नुहुन्छ । हामी सिर्जनामा रमाउँछौँ । उहाँहरूसँग बजार ज्ञान हुन्छ । पैसासँगै बजारको विज्ञता आइदियोस् भन्ने हाम्रो अपेक्षा र लोभ पनि हो,” रवीन्द्र भन्छन्, “चलचित्र उद्योग भन्ने त भयो तर साँच्चै उद्योग हुन उद्योगीको दिमाग हुनुपर्छ ।” 

10-1743909462.jpg
कर्पोरेट हाउस र चलचित्रबीच सहकार्य गर्ने वातावरण बाह्रखरी गल्फजस्ता कार्यक्रमले बनाउँदै गएको रवीन्द्र बताउँछन् । उद्योगी र कलाकार एकै ठाउँमा भेला हुने र छलफल तथा चिनजानको वातावरण बाह्रखरी गल्फले गर्दै गएको उनको भनाइ छ ।

कलाकार जितु नेपालले कर्पोरेट हाउसका मानिसको हबका रूपमा रहेको बाह्रखरी गल्फमा आएका बिजनेस हाउसका सञ्चालकहरूले सिनेमाबारे आफूसँग जिज्ञासा राखेको बताए । 

“एकजना बिजनेसम्यानलाई नेपाली चलचित्रमा निकै धेरै चासो रहेछ । उहाँले अहिले सिनेमा र टेलिभिजन कार्यक्रम कसरी अगाडि बढिरहको छ भनेर सोध्नुभयो,” जितु भन्छन्, “कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने कुरा गर्नुभयो । यसले सहकार्य गर्ने वातावरण सिर्जना गर्छ ।”  

cover-1743909259.jpg
कलाकारलाई उद्योगी तथा व्यापारीहरूले चिन्ने र कलाकारले बिजनेस हाउसका मालिक तथा प्रतिनिधिलाई चिन्ने अवसर बाह्रखरी गल्फले सिर्जना गरिदिएको उनको भनाइ छ ।

गायिका आनी छोइङ डोल्मा बाह्रखरी गल्फ आधुनिक समाजको फेस्टिभल भएको बताउँछन् । “पहिला सायद यस्तो भेला तथा जमघट जात्रा तथा मेलामा हुन्थ्यो होला । अहिले बाह्रखरी गल्फजस्ता कार्यक्रम हुन्छन्,” आनी भन्छिन्, “यस्ता कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति एकै ठाउँमा भेट हुँदा एकले अर्काको कामबारे थाहा पाउने, जान्ने र सहकार्य गरेर अगाडि बढ्न मौका प्रदान गर्छ ।” 

बाह्रखरी गल्फले फरकफरक क्षेत्रका मान्छेलाई जोड्न र एकअर्काको कामको सम्मान र सहकार्य गराउन सहयोग गरिरहेको उनको भनाइ छ ।  

12-1743909306.jpg
“कलाकारलाई कुनै पनि कार्यक्रम र सिर्जना बाहिर ल्याउँदा कर्पोरेट हाउससँगको सहकार्यको आश हुन्छ । कर्पोरेट हाउसलाई पनि आफ्नो ब्रान्डिङ र प्रोमोसनका लागि बजारमा सबैले मन पराएको फेस चाहिन्छ । त्यसैले यस्तो कार्यक्रमले सहकार्य गर्दै अगाडि बढ्ने वातावरण बनाइदिन्छ ।” 

कलाकारले पनि उद्योगी व्यवसायीको उत्पादनको ब्रान्डिङ गर्न कर्पोरेट हाउसले सहयोग गर्नुपर्ने आनीको भनाइ छ । कर्पोरेट हाउसले पनि सुख र दुःखको साथी कलाकारका सिर्जनाको सम्मानस्वरुप उनीहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड छ । 

5-1743909336.jpg
“आशिर्वादका लागि देउताको थानमा जाँदा हामी भेटी चढाउँछौँ । मन आनन्दित बनाउने कलाकारका सिर्जना उपभोग गर्दा हामी टिकट लिने ठाउँ हो भने टिकट लिऔँ,” उनी भन्छिन्, “स्पोन्सरसिपको आवश्यकता छ भने र सक्छौँ भने यसमा सहकार्य गरौँ ।” 

यस्तो सहकार्यको वातावरण बनाउन यस्तै जमघटहरूको भूमिका हुने उनको भनाइ छ । “एकले अर्कोलाई चिन्दै र सहकार्य गर्दै अगाडि बढ्नुपर्छ,” उनी भन्छिन्, “सबैले एकले अर्कोबाट लिने र दिने न हो ।”  

1-1743909363.jpg
एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा हरिवंश आचार्य, दीपकराज गिरी, प्रदीप भट्टराई, रवीन्द्र सिंह बानिया, निर्मल शर्मा, जितु नेपाद, न्यूह् बज्राचार्य, आनी छोइङ डोल्मा, शम्भुजित बास्कोटा, विप्लव प्रतीकलगायत कलाकारको उपस्थिति थियो ।

15-1743909390.jpg
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro