site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुलमान हटाउनु र संसद अवरोध गर्नु दुवै गलत : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गरेर संसद अवरुद्ध गर्नु उचित नभएको बताएका छन् । 

बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले कुलमान घिसिङको विषय अदालतमा गइसकेका कारण संसद् अवरोध गरिरहने कुरा उचित नहुने बताए । 

सरकारले गरेको हरेक निर्णयको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्ने नजिर बसाउन नहुने उनले बताए । यद्यपि शर्माले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनु गलत भएको बताए । 

शर्माले आफू र अर्का महामन्त्री गगन थापाले पार्टीको पदाधिकारीका साथै प्रधानमन्त्री र मन्त्रीलाई कुलमानलाई नहटाउनको लागि सुझाव दिएको जिकिर गरे । 

उनले केही महिनामात्रै पदावधि बाँकी रहेका समयमा कुलमानलाई हटाउने निर्णयले सकारात्मक सन्देश जान नसकेको धारणा राखे । विपक्षीको अवरोधका कारण प्रतिस्थापन विधेयक पारित गर्न समेत जटिलता उत्पन्न भएको बताए । 

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro