site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गरिमा विकास बैंक 'कर्पोरेट एक्सिलेन्स' अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा बैंकलाई ‘कर्पोरेट एक्सिलेन्स’ विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

यस उपाधिले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्‍याएको बैंकले जनाएको छ ।

आगामी दिनहरूमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाइ छ ।

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटीएम साथै नवीनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro