site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योग संगठन मोरङको अध्यक्षमा राठी निर्विरोध

विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । यही जेठ ३० र ३१ गते आयोजित संगठनको ५२औँ वार्षिक साधारणसभाबाट आउँदो दुई वर्षका निम्ति राठीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, उपाध्यक्षमा सुरेन्द्र गोल्छा, विपीन कावरा र सुबोध कोइराला तथा कोषाध्यक्षमा पारस लुनिया निर्वाचित भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यसमिति सदस्यमा सौरभ शारडा, वीरेन्द्र राठी, सन्तोष भगत, जयेन्द्र शर्मा, सृजन प्याकुरेल, उकेश अग्रवाल, दीपक अग्रवाल र सिद्धार्थ कावरा निर्विरोध निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्षले एक महिलासहित तीन कार्यसमिति सदस्य मनोनयन गर्ने प्रावधान छ । त्यसानुसार किरणव्यास राई, प्रतीक राउत र पारस गोल्छालाई चयन गरिएको संगठनले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्