काठमाडौं । अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा गैर–अमेरिकी आमाबाबुका छोराछोरीलाई स्वतः अमेरिकी नागरिकता दिने प्रावधानलाई खारेज गर्ने कार्यकारी आदेशमा रोक लगाएको छ ।
अमेरिकाको सिएटलस्थित संघीय अदालतका न्यायाधीशले यसमा अस्थायी प्रतिबन्ध लगाएका हुन् ।
अदालतमा चारवटा अमेरिकी राज्यले जन्मका आधारमा स्वतः नागरिका प्राप्त हुने बालबालिकालाई अमेरिकी नागरिकता दिने व्यवस्था खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए ।
अमेरिकी कानुन विभागका एक वकिलले ट्रम्पको आदेशको पक्षमा तर्क गर्दा न्यायाधीशले सोधेका थिए, के यो संवैधानिक हो ?
ट्रम्पको यो कार्यकारी आदेश फेब्रुअरी १९ देखि लागु हुने निर्णयमा उल्लेख छ । बीबीसी