site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजाको भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने 

रामल्ला । गाजामा भग्नावशेष हटाउन पाँच वर्षसम्म लाग्ने प्यालेस्टाइनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने प्यालेस्टाइनी सार्वजनिक संरचना निर्माण तथा आवासमन्त्री अहेद बिसिसोले बताएका हुन् ।

विस्फोटक पदार्थ पत्ता लगाउन स्रोत, कोष र विशेष उपकरण सुरक्षित गर्न र भग्नावशेष उठाउन, सामान छुट्ट्याउन र ढुवानी गर्न तीनदेखि पाँच वर्ष लाग्न सक्ने अनुमान गरिएको बिसिसोले प्यालेस्टाइनी समाचार संस्था (वाफा)सँग बताएका छन् ।

उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)लगायत विभिन्न संस्थासँग सडक खुलाउने र भग्नावशेष हटाउने प्रक्रियामा समन्वयका निम्ति आफ्नो मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

अर्को चरणमा विद्यालय, अस्पताल र मस्जिदसहित १५० सार्वजनिक भवनको भग्नावशेष हटाउने र सडक पुनः सञ्चालन गर्ने विषयमा केन्द्रित हुने बिसिसोले बताए ।

“पेस गरेको दुई करोड ५० लाख क्षतिको स्थानीय बासिन्दाले पेस गरेको प्रतिवेदनमा आधारित विस्तृत अध्ययन पूरा भएको छ,” बिसिसोले भने ।

वेस्ट बैंक र गाजा दुवैको स्थितिलाई सम्बोधन गर्न एउटा कार्यदल स्थापना गरिएको छ । बिसिसोले भने, “प्रारम्भिक जानकारीअनुसार इजरायली आक्रमणका कारण लगभग चार लाख आवासीय एकाइ पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन् । दाताहरूको समन्वयमा दुई लाख नयाँ एकाइको निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ ।”

आंशिक रूपमा क्षति भएका घरहरूको मर्मतसम्भार गर्न र घर पूर्ण रूपमा ध्वस्त भएका स्थानीयलाई अस्थायी आवास उपलब्ध गराउन साझेदारसँग मिलेर काम गर्ने मन्त्रालयको योजना छ ।

उनका अनुसार, आफन्तसँग बस्ने परिवारले आर्थिक क्षतिपूर्ति पाउनेछन् । संयुक्त राष्ट्रसंघको अनुमानानुसार २० लाखभन्दा बढी जनसंख्या रहेको गाजामा पाँच करोड टनभन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ । यसका निम्ति करिब एक अर्ब २० करोड अमेरिकी डलरको लागत लाग्नेछ ।

त्यहाँस्थित प्यालेस्टाइनी सरकारी सञ्चारमाध्यम वाफाको कार्यालयले युद्धविरामपछिको आफ्नो पहिलो मूल्यांकनमा गाजापट्टीको ८८ प्रतिशत क्षेत्रमा क्षति पुगेको र प्रारम्भिक क्षति ३८ अर्ब डलरभन्दा बढी भएको अनुमान गरेको छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro