site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउनेबारे फेरि के भने ? 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक क्यानडाले भन्सार शुल्कबाट बच्न अमेरिकाको ‘राज्य’ बन्नसक्ने बताएका छन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, “क्यानडासँग हाम्रो ठूलो व्यापार घाटा छ । हामी यसलाई अब जारी राख्न दिन सक्दैनौँ ।” 

क्यानडा अमेरिकाको राज्य बने ब्यापार घाटा नहुने उनले बताएका छन् । “मैले सधैँ भनेको छु, तपाईं (क्यानडा) हाम्रो राज्य बन्न सक्नुहुन्छ भने त्यहाँ कुनै व्यापार घाटा हुनेछैन । हामी तपाईंमाथि कर लगाउने छैनौँ ।”

ट्रम्पले क्यानडासँग व्यवहार गर्न वर्षौंदेखि गाह्रो भएको बताए ।

ट्रम्पले भने, “२०० बिलियन डलर वा २५० बिलियन डलरको व्यापार घाटा हुनु उचित होइन ।” 

उनले अमेरिकालाई क्यानडाको तेल र ग्यास नचाहिने पनि प्रष्ट पारेका छन् । ट्रम्पले यसअघि नै क्यानडा अमेरिकाको ५१ औँ राज्य बनेमा ६० प्रतिशतभन्दा बढी कर कटौती हुनसक्ने बताइसकेका छन् ।

ट्रम्पले क्यानडाबाट आउने सामानहरूमा २५ प्रतिशत कर लाग्ने बताइसकेका छन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro