site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा रेल दुर्घटना : घाइते चार नेपालीमध्ये एकको अवस्था गम्भीर, सातजनाको शव ल्याइँदै 
Tiktok banner adTiktok banner ad

काठमाडौं । यही माघ ९ गते भारतको महाराष्ट्र राज्यस्थित परधाडे स्टेसननजिकै रेल दुर्घटनामा परी घाइते भएका चार नेपालीमध्ये एकजनाको अवस्था गम्भीर रहेको यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“दुर्घटनामा घाइते भएका चारजना नेपालीहरूमध्ये तीनजनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एकजनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको छ,” परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको थियो । परराष्ट्रले दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

उक्त रेल दुर्घटनामा परी कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी, कैलालीकै ४० वर्षीय लछिराम पासी, अछामको मंगलसेनका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, सोही ठाउँका ४४ वर्षीय नन्दराम विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, अछामको कमलबजारकी ६० वर्षीया कला कामी (जोक्ला) र बाँकेको डँडुवाका ३२ वर्षीय राधेश्याम राधको मृत्यु भएको परराष्ट्रले जनाएको छ ।

“दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro