विदेश
कोलम्बो । सोमबार बिहानसम्म भारी वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपबाट करिब १७ हजार श्रीलंकाली प्रभावित भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)ले जनाएको छ ।
११ जिल्लाका १६ हजार ९३० जना प्रभावित भएको डीएमसीले जनाएको छ । एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् ।
यसैबीच सोमबार उत्तरी, पूर्वी, उत्तर–मध्य, उवा र मध्य प्रान्त र हम्बनटोटा जिल्लामा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
श्रीलंकाका अधिकारीहरूले आइतबार विभिन्न जिल्ला र प्रान्तहरूमा पहिरो र बाढी आउन सक्ने चेतावनी जारी गरेको थियो । उक्त चेतावनी आगामी २४ घण्टासम्म जारी रहने सम्बन्धित अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १८:१३
प्रतिक्रिया दिनुहोस्