site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पदक जित्ने लक्ष्यअनुरूप गएका थियौँ : कप्तान हेमराज

काठमाडौं । खोखो विश्वकप उपविजेता नेपाली पुरुष टोलीका कप्तान हेमराज पनेरुले पदक ल्याउने लक्ष्यअनुरूप मेहनत गरेर खेल्दा सफलता प्राप्त भएको बताएका छन् ।

भारतको नयाँदिल्लीमा भएको खोखो विश्वकपमा उपविजेता बनेको नेपाली महिला र पुरुष टोली सोमबार स्वदेश फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा नेपाली पुरुष टोलीका कप्तान हेमराजले विश्वकपमा पदक जित्दै देशको गौरव बढाउन पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । साथै उनले बिदाइ हुने क्रममा खेलकुद निकायसँग पदक ल्याउन गरेको अठोटअनुरूप मैदानमा खेल्दा सफलता मिलेको बताए ।

संघले गरेको लगानीलाई जसरी पनि पदक ल्याउने खेलाडीको लक्ष्य बन्ने गरेको उनको भनाइ छ । उनले यसअघि नै नेपालले १३औँ साग र एसिया च्याम्पियनसिपमा पनि पदक ल्याइसकेको उल्लेख गरेका छन् ।

उक्त विश्वकपमा नेपालको महिला टोली पनि फाइनलमा भारतसँग पराजित हुँदा उपविजेता सीमित भएको हो । यद्यपि, यो सफलता नेपाली खेलकुदका लागि उच्च र ऐतिहासिक रह्यो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro